गर्भ रुन्छ

प्रकाशित मिति:

देख्छु माथि तिर ठुला टाउकाहरु
माला अनि खादाले छोपेका गलाहरु
अविरले रातै पारेको अनुहारहरु
खै के का लागि हुन्, यी उत्सबहरुरु
नेपथ्यबाट मात्रित्व चिच्याउंछिन्
खै किन जन्माएछु यी कपुतहरु
छोरी, बहिनी अनि भतिजीको
अंगमा समेत खेल्न सक्ने पिपासुहरु
एउटी आमाको छोरी हरिंदा पनि
नदेखेको नाटक गर्ने अरु आमाहरु
संगै खेल्ने दमली हराउंदा पनि
पत्तो नपाए जस्तो गर्ने अरु छोरीहरु
सायद कुनै दिन
ति आमाहरुको ऑखाको धारा नबगोस्
ति छोरीहरु आहारा भइ लुटिन नपरोस्
ऑखामा पट्टी बॉधेको तराजु नझुकोस्
न्यायमुर्तीको दरिला कलमहरु नरुकोस
चसक्क मेरो कोख दुख्छ
सम्झिंदा धुरुधुरु गर्भ रुन्छ
अनि दरो मनले बाचा गर्छ
अब जन्माउने छैन कुनै द्रौपदीहरु
न त जन्माउने नै छु कुनै दुर्योधनहरु
साहसको विउ रोपेको छु
जन्माउनलाई दुर्गा अनि कालीहरु
आफ्नो रक्षा आफै गर्छन् अब
मेरा कोखबाट निस्कने चण्डीहरु

सुनिता