शिव मन्दिरमा चमत्कार: शिवलिङ्गको आकार बढ्ने देखि रंग बदल्ने मन्दिर, बैज्ञानिक समेत चकित

प्रकाशित मिति:

नेपालको पशुपतिनाथ शिव मन्दिरहरुमा विश्वकै सबैभन्दा चर्चित मानिन्छ। भारतमा पनि कैयौ प्रचलित अनौठा शिव मन्दिर छन् । केहि त्यस्ता मन्दिर छन्, जसको नाम र संरचनाको पछाडि विभिन्न रहस्य लुकेको मानिन्छ । यी मन्दिरमा कहिलेकाहि चामत्कारिक घटना घट्ने बताइने गर्छ । उडिसा क्षेत्रमा पर्ने मुर्गा महादेव मन्दिर –यस मन्दिरको छेउमा १५ फिट माथिदेखि बाह्रैमहिना झरना बग्दछ । शान्त वातावरणको विचमा बग्ने यस झरनामा विभिन्न जलचरा हेर्न आउने तिर्थालु तथा अन्य व्यक्तिको भिड लाग्ने गर्दछ । मुर्गा महादेवको अर्थ क्रान्तिमय शिव भन्ने हुन्छ । यो एक प्राचीन स्थल हो । यस क्षेत्रमा पहिले आदिवासिको पुजा हुने गर्दथ्यो । त्यसपछि हिन्दुधर्मावलम्वीको तिर्थस्थल बनेको जनविश्वास छ ।

विजुली महादेव यस मन्दिरमा हरेक बाह्र वर्षको एकपटक शिव लिंगमा विजुली चम्कन्छ । त्यसैले यसलाई विजुली मन्दिर पनि भनिन्छ । कुल्लु शहरस्थित व्यास तथा पार्वती नदिको संगममा विजुली मन्दिर रहेको छ । समुद्रीसतहदेखि २४५० उचाइमा रहेको यस मन्दिरमा शिवभगवानको मुर्तीमा सर्फको माला लगाइएको छ । बाह्र वर्षको एकचोटि भीषण वर्षा र चट्याङ पर्ने यो मन्दिर चट्याङपछि टुक्रा टुक्रामा विभाजित हुन्छ । सो मूर्ति फेरी जोडिने विश्वास गरिन्छ।

मलेश्वर महादेव मन्दिर यहाँ २०० ग्राम तौलको ५००० वर्ष पुरानो गहुँको दाना जस्तो शालीग्राम छ । यो हिमाञ्चल प्रदेश क्षेत्रमा अवस्थित छ ।यसमन्दिरभित्रमा रहेको चामत्कारिक भुतेश्वरनाथ शिवलिंगको लम्वाई हरेक वर्ष बढ्दै जान्छ । १८ फिट अग्लो र २० फिट चौडाई भएको यो मन्दिरको शिवलिङ्ग वर्षेनी बढ्दै गइरहेको बताइन्छ । कमलानाथ महादेव मन्दिरमा भने भगवान शिवको पूजा गर्नु पूर्व रावणको पुजा गरिन्छ । यस प्राचीन मूर्तीको स्थापना रावणले गरेका थिए । त्यसैले शिव भगवानको पूजा गर्नुपूर्व रावणको पूजा गरिन्छ । रावण शिवको ठूला भक्त थिए।

सोहि स्थानमा रहेको स्तम्भश्वर मन्दिर भने हेर्दाहेर्दै विलीन हुन्छ । गुजरातस्थित समुद्रको विचमा रहेको यो मन्दिर हेर्दाहेर्दै विलीन हुन्छ भने केहि समयपछि फेरि सोहि ठाउँमा देखा पर्ने बताइन्छ । यस मन्दिरको यात्रा समुद्रको छाल कम भएपछि मात्र गर्न सकिन्छ । यस्तै राजस्थानमा रहेको अचलेश्वर महादेव मन्दिर दिनमा तिनपटक विभिन्न रंगमा बदलिन्छ । शिवको मूर्ती विहान रातो रङको हुन्छ, दिउसो पहेंलो र साँझ कालो रङमा बदलिन्छ । यो मूर्ती सतहमुनीबाट बाहिर निस्किएको छ । लक्ष्मणेश्वर महादेवमा लाखौै छिद्र भएको शिवलिंग रहेको छ । यसको स्थापना लक्ष्मणले गरेका थिए । यसलाई लक्षलिंग भनेर पनि चिनिन्छ ।