लुम्बिनी भ्रमण वर्षको उद्घाटन समारोहलाई प्रदेश सरकारले छुट्यायो ७० लाख !

प्रकाशित मिति:

बुटवल  – प्रदेश पाँचको सरकारले आउदो वर्ष २०७६ साललाई लुम्विनी भ्रमण वर्ष मनाउने गरि ४ करोड १९ लाख ६० हजार रुपैया खर्च गर्ने महत्वाकांक्षी निणर्य गरेको छ । प्रदेश मन्त्री परिषदको बुधवारको बैठकले ४ करोड १९ लाख ६० हजार रुपैया खर्च गर्ने गरी लुम्विनी भ्रमण वर्षका कार्यक्रम सञ्चालन गर्न कार्यबिधि स्विकृत समेत गरेको छ । लुम्विनी भ्रमण वर्षको उदघाटनको मुल समारोहमा ७० लाख र समापनको समारोहमा १५ लाख खर्च गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

प्रदेश सरकारले प्रदेशमा सुशासन कायम गर्ने र जनतालाई सघियताको भावना अनुसार देखिने गरि अर्थात जनताले अनुभुती गर्ने गरि काम गरिने बताउदै आएको छ । लुम्बिनी भ्रमण वर्षको उदघाटन समारोहका लागि ७० लाख रुपैया विनीयोजन गर्नुले कतै उक्त समारोहको व्यवस्थापनको जिम्मा लिनका लागि होडवाजी चल्ने निश्चित देखिएको छ । प्रदेशका जनता सिटामुल खान नपाएर तथा अन्य सामान्न रोग लाग्दा औषधी नपाएर तडपीने गरेको यर्थाथतालाई ख्यान नगरी एउटा कार्यक्रमको उदघाटन समारोहका लागि ७० लाख रुपैया विनियोजन गरि कार्यक्रम गर्न निर्णय गर्दा प्रदेशमा सुशासनको प्रत्याभुती नभएको आभाष देखिएको सरोकारवालाहरुले औल्याएका छन ।

भ्रमण वर्ष मनाउनु पर्छ तर धेरै रुपैयाँ खर्च गर्ने भन्दा पनि जनतालाई सुविधा दिने सवालमा ख्याल गर्नु हितकर हुने छ । जनतालाई विभिन्न नाममा कर लिने अनी एउटै कार्यक्रमको उदघाटन समारोहमा लाखौ रकम खर्च गर्ने पद्धतीको अन्त्य जरुरी छ । भ्रमण वर्षका लागि विनियोजित रकम मध्ये मायादवी प्रसुतिमार्ग घोषण तथा प्रसुति उत्सवका लागि १५ लाख, लुम्बिनी फूड फेस्टीवलका लागि ८ लाख, सुजाता खिर उत्सवका लागि ५ लाख, मायादेवी मन्दीरमा दैनिक दीप प्रज्वलनका लागि १२ लाख, धार्मिक यात्रा र त्रिपिटक वाचनका लागि ४ लाख, योग तथा ध्यान शिविरका लागि ५ लाख ,स्वागत गेट निर्माण, झाँकी प्रदर्शनी, वती जडानका लागि १५ लाख, प्रचार प्रसारका लागि ४१ लाख ,वोसर निर्माण लागि २० लाख, होडिङवोडबनाउनका लागि १० लाख, रुपैया विनियोजन गरिएको छ ।

त्यसैगरि सडक प्रदर्शनीका लागि २२ लाख ५० हजार ,टिसट तथा क्यापका लागि १० लाख, राष्ट्रिय झण्डा निर्माण तथा व्यवस्थापनका लागि १० लाख ५० हजार, स्टीकर बनाउनका लागि ५ लाख, सरसफाई तथा सौन्दयिकरणका लागि ४० लाख, खेलकुद संस्कृति तथा क्षमता विकासका लागि २७ लाख, अन्त्तराष्ट्रिय स्त्तरको वौद्ध दर्शन तथा लुम्बिनीका वारेमा कार्यपत्र प्रस्तुतीका लागि २० लाख, समिति तथा उपसमिति बैठक भत्ता र खाजा को लागि १६ लाख ६० हजार, सचिवालयका लागि २० लाख र विविध भनी १० लाख रुपैया विनियोजन गरिएको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले बताउनु भयोे । लुम्विनीमा आन्तरीक पर्यटन बढाउन प्रदेश सरकारले बजेट र कार्यक्रम सहित लुम्विनी भ्रमण बर्ष मनाउने निणर्य गरेको प्रदेश सरकारका प्रवक्ता चौधरीले बताउनु भयोे ।

प्रदेश सरकारले प्रस्तुत गरेको आव २०७५।०७६ को वजेट वक्तव्यको वुदाँ नम्बर ८४ मा लुम्विनीमा आउने पर्यटकहरुको संख्यामा उल्लेख्य रुपमा वृद्धि गर्ने नीति अनुसार २०७६ साललाई लुम्विनी भ्रमण वर्षका रुपमा विविध कार्यक्रम आयोजना गरि मनाउने रहेको छ । त्यसैगरि लुम्विनीमा आउने पर्यटकहरुको कम समय मात्रै नेपालमा विताउने गरेको तथ्यलाई ध्यानमा राखेर पर्यटकको वसाई लम्वाउने खालका कार्यक्रममा जोड दिइने छ । लुम्विनी, र बुद्धसंग सम्बन्धीत गोटीहवा, कुदान, निग्लीहवा ,देवदह, रामग्राम, अरौरकोट, सगरहवा ,सिसहनीया , अनोमा नदी लगायतका क्षेत्रलाई लक्षित गरि भ्रमण वर्षका कार्यक्रम अगाडी बढाइने छ ।
भ्रमण वर्ष मनाउन मुख्यमन्त्री शंकर पोखरलको संयोजकत्वमा मूल समिति र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको संयोजकत्वमा कार्यकारी समिति बनाइने छ । नेपाल सरकारवाट सन २०२० लाई भिजिट नेपाल वर्षका रुपमा मनाउने लागिएको कार्यक्रमलाई आधार प्रशस्त्त गर्नुका साथै पर्यटन प्रवद्र्धन मार्फत समृद्धि हासिल गर्न टेवा पुराउने उद्देश्य लुम्बिनी भ्रमण वर्षको रहेको प्रदेश सरकारले जनाएको छ ।