नेताको ढोका चाहर्ने बानी अन्त्य हुन्छ: मन्त्री पण्डित

प्रकाशित मिति:

काठमाडौँ – संघीय, मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बढुवा र आफ्नो इच्छाअनुसार भनेको ठाउ“मा सरुवा हुन नेताहरूको ढोका चाहार्ने व्यवहारको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । ३३ औँ आधारभूत प्रशासन प्रशिक्षण ‘प्रशासन समूह’ समापन समारोहमा बोल्ने क्रममा उहा“ले सो खा“चो औँल्याउनुभएको हो । यो अभियान पूरा गर्ने उद्देश्यमा आफू लागेको बताउँदै मन्त्री पण्डितले भन्नुभयो– तपाइँहरूको अठोट कहिल्यै नमरोस् भनेर देशको परिवर्तनलाई आत्मसाथ गर्दै कार्यक्षेत्रमा पठाउन लागिएको हो ।’ वृत्ति विकासको सबै ढोका प्रस्तावित ऐनमा खुला राखिएको जनाउ“दै उहाँले प्रदेश र स्थानीय सरकारले समायोजनमा परेका कर्मचारीको सेवा–सुविधा घटाउन नपाउने स्पष्ट पार्नुभयो ।

ट्रेड युनियनको सहयोग नीति निर्माणबाहेक अन्य कार्यमा नलिइने बताउ“दै मन्त्री पण्डितले काम नगर्ने राष्ट्रसेवक राष्ट्रसेवक हुन नसक्ने दावी गर्नुभयो ।
उहाँले कामको आधारमा पुरस्कृत र दण्डित गर्ने प्रणाली शुरु भइसकेको बताउनुभयो । यसैबीच बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री पण्डितले अहिलेसम्म ५५ हजार कर्मचारीको समायोजन भइसकेको र यही फागुनभित्र समायोजन गरिसक्ने जानकारी दिनुभएको थियो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले शासन प्रशासनमा सदाचार र इमान्तारिता हुनुपर्ने बताउ“दै भन्नुभयो–निजामती क्षेत्रमा सफलता र असफलता भन्ने कुरा कार्यसम्पादन र कार्यक्षेत्रमा मूल्य–मान्यतालाई कसरी उतारिन्छ भन्ने कुरामा भर पर्छ । प्रतिष्ठानका वरिष्ठ निर्देशक तथा सार्वजनिक सेवा प्रशिक्षण विभागका प्रमुख नारायणगोपाल मलेगोले निजामती सेवाको छविलाई स्वच्छ बनाएर संघीयता कार्यान्वयन गर्ने महत्वपूर्ण अभिभारा निजामती कर्मचारीको का“धमा आएको बताउनुभयो । कार्यक्रममा प्रशिक्षार्थी लक्ष्मी मरासिनीले प्रशिक्षणले विषयगत ज्ञानको दायरा फराकिलो बनाएको बताउ“दै त्यसले आफूलाई रूपान्तरणको अवसर दिएको अनुभव सुनाउनुभयो ।