यमुना नदीको सतह बढ्दा दिल्ली डुवानको जोखिममा

प्रकाशित मिति:

एजेन्सी/ यमुना नदीमा पानीको सतह बढ्न गइ भारतको राजधानी दिल्ली डुवानमा पर्ने संभावना बढ्दै गएको छ । दिल्ली सरकारले यमुना नदीको आसपासका बसोबास गर्नेहरुलाई सतर्क रहन आग्रह गरेको छ । अहिले पानीको स्तर २०४.९२ मिटर छ जुन खतराको संकेत भन्दा ०.०९ मिटर माथि हो । पछिल्ला केही दिन लगातार पानीको सतह बढ्दै गए पछि प्रशासनले सतर्कता अभियान चलाएको हो । दिल्ल िसरकारले तल्लो सतहका १०० परिवारलाई स्थानान्तरणको लागि तयारी समेत गरेको छ । साथै सो को लागि दक्ष जनशक्ति र सामाग्रीको पनि तयारी गरिएको प्रशासनले जनाएको छ । यमुना किनारका गांधी मंडु, उस्मानपुर, यमुना पुस्ता, सोनिया बिहार जस्ता क्षेत्रहरु अत्याधिक जोखिम क्षेत्रमा पर्छन् ।