एभरेष्टमा साना बालबालिकाद्वारा प्रतिभा प्रस्तुत

प्रकाशित मिति:

सुख्खानगरमा रहेको एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयका पूर्व प्राथमिक तहका विद्यार्थीको कल्चरल कार्यक्रम तथा अभिभावक भेला कार्यक्रम शुक्रबार भएको छ । विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा कक्षा नर्सरीदेखि युकेजीमा पढ्ने विद्यार्थीहरुले आ आफ्ना बालप्रतिभाहरु देखाएका थिए ।

विद्यालयका प्राचार्य कृष्ण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास समन्वय इकाइ रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले कार्यक्रमको गर्दै साना बालबालिकालाई सानैदेखि आफ््ना प्रतिभा देखाउने अवसर दिएमा बालबालिकाको अन्तरनिहित प्रतिभा बाहिर निस्किने तथा बौद्धिक क्षमता विकासमा मद्धत पुग्ने बताउनुभयो ।कार्यक्रममा अभिभावक संघ, रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका बरिष्ठ सहायक प्राचार्य माधवप्रसाद आचार्य, महिला शिक्षक ज्ञानधरा पन्त लगायतले सस्ता कार्यक्रमले साना विद्यार्थीहरुमा लुकेको प्रतिभा प्रष्फुटन गराउन तथा उनीहरुको आत्मविश्वास बढाउन ठुलो भुमिका खेल्ने बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, फेसन सो जस्ता २८ वटा विभिन्न बालप्रतिभा प्रस्तुत गरेरका थिए । कार्यक्रममा अभिभावक तथा शिक्षकको सहभागिता रहेको थियो ।