एकै दिनमा २७ हजारले गरे देवदह मेलाको अवलोकन

प्रकाशित मिति:

झबिन्द्र देबकोटा, देवदह /देवदहमा लागेको पाँचौ राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा शुक्रबार अहिलेसम्मकै धेरै दर्शकले मेलाको अवलोकन गरेको छन् । मेला लागेको आठौं दिन शुक्रबार अहिलेसम्मकै बढी दर्शकले मेलाको अवलोकन गरेको देवदह उद्योग बाणिज्य संघले जनाएको छ । मेला सचिवालय संयोजक हरि भण्डारीका अनुसार शुक्रबारमात्र २७ हजारबढी दर्शकले मेलाको अवलोकन गरेको बताउनुभयो । उहाँले मेलाका आँठौ दिनसम्म साढे एक लाख दर्शकले मेलाको अवलोकन गरेको बताउनुभयो । शुक्रबार नारी दिवस परेकाले दर्शको चाप थापि सक्नु नभएको आयोजकको भनाई छ । शनिबार पनि बिदाको दिन रहेकाले दर्शकको घुईचो शनिबार पनि बढ्ने आयोजकले बताएका छन् ।

उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ देवदहमा फागुन १७ गतेदेखि लागेको मेलामा स्थानीय औद्योगिक उत्पादन, घरेलु उद्योग, कृषिजन्य, हस्तकला, गार्मेन्ट पर्यटन, बैंकलगायतका ३ सयबढी स्टलहरु सहभागि भएका छन् । फागुन २८ गतेसम्म संचालन हुने मेलाको ३ लाख बढी दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोवार हुने अपेक्षा आयोजकले गरेका छन् ।मेलामा सेल्फि स्टेशन, ठुलो आकारको खुकुरी, विज्ञान प्रदर्शनी, विजय सालको जुस लगायतका स्टलहरु मेलाको आकर्षण रहेका छन् । शुक्रबार मेलामा लोकगायक प्रचण्ड जिसि, अस्मिता डिसि, प्रदिप त्रिपाठी, आधुनिक गायक प्रशान्त गैरे लगायतका कलाकारले साँस्कृतिक प्रस्तुती देखाएका थिए ।यस्तै मेलाको नवौंदिन शनिबार लोक तथा रोईला गायक शिरिष देवकोटा, लोक गायिका जमुना राना, हास्य कलाकार माईलब बा, आधुनिक गायक भुपेन्द्र थापा लगायतका स्थानीय कलाकार तथा ब्याण्डको प्रस्तुती रहने बताइएको छ ।