रेशम चौधरीलाई जन्मकैदको फैसलाको बिरुद्धमा बिरोध प्रदर्शन

प्रकाशित मिति:

नवलपरासी/ थारु कल्‍याणकारिणि सभा र थरुहट थरुवान सयुक्त संघर्ष समिति बर्दघाट सुस्ता पश्चिम नवलपरासीले निर्वाचित सांसद रेशम चौधरीलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसको विरुद्धमा शान्तिपूर्ण रुपमा धर्ना एवं विरोध प्रदर्शन गरेको छ । जिल्ला अदालत परासीबाट निस्केको शान्तिपूर्ण रुपमा धर्ना एवं विरोध प्रदर्शन महेशपुरचोक पुगेर बुद्धचोकमा कोण सभामा परिणत भएको थियो । टीकापुर घटनामा जन्मकैद पाएका सांसद रेशम चौधरीसहितका थुनामा परेकाहरुको रिहाइको माग गर्दै थारु कल्‍याणकारिणि सभार संयुक्त थरुवान संघर्ष समिति नवलपरासीले परासीमा प्रदर्शन गरेको हो ।

राजपाको सदस्य पुरन चौधरीले बिरोध सभालाई सम्बोधन गदै ‘थारुहरुमाथि राज्‍यका शासक प्रशासकले झुट्टा मुद्दा लगाएर थारुहरुलाई जिस्काएको आरोप लगाएका छन । चौधरीले थारुहरुलाई झुठा मुद्धा सरकारले देशमा बिद्रोह निम्त्याउन खोजेको त्यस्ता नगर्न समेत सरकारलाई आग्रह गरेका छन । उनले भने जातीयताको आधारमा झुठा मुद्धा न्‍याय सम्पादन गरेर हुन्छ । चौधरीले फरक प्रसंग नेताहरुले आफ्नो स्वार्थमा किन अदालत चलाइरहेको र आदिवासी समुदायप्रति हेर्ने नजिर नै फरक भएको दबी गरे । यो सरासर थारु समुदायमाथिको आक्रमण हो।’सार्वभौम जनताबाट निर्बाचित सांसदलाई अदालतको फैसलाले हुन्छ भने संसदीय सुनुवाइ समिति किन राखियो चौधरी प्रश्न गरे । उनीहरुले हातमा पेलेकार्ड कालो झण्डा र कालो ब्‍यानर बोकेर प्रदर्शन गरेका हुन।

प्रदर्शनमा टीकापुर घटनाको बारेमा मानव अधिकार आयोगले बनाएकव प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, जबरजस्ती लगाइएको झुटा मुद्दा खारेज हुनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएको थारु कल्‍याणकारिणि सभा नवलपरासीका अध्‍यक्ष मुन्द्रिका प्रसाद चौधरीले जानकारी दिए । बिरोध सभामा थारु कल्‍याणकारिणि सभाका केन्द्रिय सदस्य नरेश चौधरी थारु कल्‍याणकारिणि सभा परासीका सहसचिव जोगमाया चौधरीलगायतले बोल्दै सांसद रेशम चौधरीसहितका थुनामा परेकाहरुलाई बिना सर्त रिहाइको माग गरेका थिए । साथै थारु कल्‍याणकारिणि सभा र थरुहट थरुवान सयुक्त संघर्ष समिति बर्दघाट सुस्ता पश्चिम नवलपरासीले शुक्रबार प्रेस विज्ञप्ती पनि जारी गरेको छ । समितिका जिल्ला सभापति मुन्द्रिका प्रसाद चौधरीद्धरा हस्ताक्षरित विज्ञप्तीमा राजनितिक प्रभाव र भेदभाव सहित अदालतको यस फैसला प्रति थारु समुदाको ध्यानाकर्षण भएको लगाएतका कुराहरु सो विज्ञप्तीमा उल्लेख गरिएको छ ।