स्थापना दिवसमा स्वतन्त्र पत्रकार संघद्धारा बिभिन्न कार्यक्रम

प्रकाशित मिति:

बुटवल । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीले आफ्नो स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाएको छ । संघको आठौ स्थापना दिवसको अबसरमा आज बुटवलको नेपाल अपांग आश्रम बुटवलमा सरसफाईका सामाग्रि तथा फलफूल बितरण गरेको छ ।संघका रुपन्देही अध्यक्ष अनिल पहाडीका अध्यक्षता र केन्द्रिय उपमहासचिव राजेन्द्र जंग रायमाझिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आश्रमका अध्यक्ष डोल बहादुर रामदाम, कोषध्यक्ष प्रबिण भुसाल लगायतले बोलेका थिए ।

कार्यक्रमको संचालन स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीका उपाध्यक्ष चक्रपाणी डुम्रेले गरेका थिए । बुटवलको देबिनगरमा रहेको सो आश्रममा ३० जना शारिरिक तथा मानसिक रुपमा अशक्त भएकाहरुले आश्रम लिईरहेका छन ।यस्तै स्थापना दिवसकै अबसरमा संघले आज बुटवलको राजमार्ग चौराहामा मैनबत्ति प्रज्वलन समेत गरेका छ ।कुनैपनि राजनितिक दलको सदस्यता नलिएका पत्रकारहरुको सो संगठन २०६८ साल आजकै दिन स्थापना भएको थियो । पोखरामा केन्द्रिय कार्यालय रहेको संघका हाल देशका १९ जिल्लामा साखाहरु स्थापना भएका छन ।