दोहोरिमय बन्दै बुटवल, अर्ना दोहोरिको भोलि फाईनल हुदै

प्रकाशित मिति:

बुटवल । बुटवलमा जारी पाँचौ अर्ना राष्ट्रिय खुल्ला रनि·शिल दोहोरी गीत प्रतियोगिता तथा साँस्कृतिक महोत्सवको उपाधीका लागि चार समूह सेमीफाइनलमा पुगेका छन् ।शुक्रबार भएको प्रतिस्पर्धामा गण्डकी प्रदेशका जीवन सिग्देललाई हराउदै रोल्पा कलाकार समाजका भीम पौडेल समिफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै धादिङ बेनीघाट रोरा· गाउपालिकाकी अस्मीता डिसीलाई हराउदै नगरकोट दोहोरी साँझका राजु के।सी पनि सेमीफाइनलमा प्रवेस गरेका छन् ।

नगरकोट दोहोरीकै मिना बुढाथोकी र प्रकाश पराजुली वीच भएको प्रतिस्पर्धामा प्रकाश पराजुली र गण्डकी दोहोरी साँझकी शर्मिला बि।सी र नगरकोटा दोहोरीका रविन लामीछानेवीच भएको प्रतिस्पर्धामा रविन लामीछाने सेमीफाइनलमा प्रवेस गरेका छन् । शुक्रबार विजयी भएका चारै समूहवीच आज शनिबार सेमिफाइनल र फाइनल प्रतिस्पर्धा हुने दोहोरी गीत प्रतियोगिता संयोजक प्रचण्ड जि।सी।ले बताए ।प्रतियोगिताको शनिबार नै विशेष समारोहका वीच सामाजिक विकास मन्त्री माननीय सुर्दशन बरालको प्रमुख आतिथ्यतामा समापन गर्ने कार्यक्रम रहेको छ ।प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, द्वितीय हुनेलाई १ लाख बिस हजार, तृतीय हुनेलाई ७० हजार र सान्त्वना हुनेलाई ३५ हजार रूपैया पुरस्कारको व्यवस्था गरिएको छ ।त्यस्तै उत्कृष्ट गायक गायिकालाई जनही १५ हजार रूपैया पनि प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष बद्री पंगेनीले बताए ।