बास्तु शास्त्रका अनुसार घरमा ऐना राख्दा यी १० कुरा कहिले पनि भुल्नु हुँदैन

प्रकाशित मिति:

१ तपाइँले ऐना जहाँ राखेपनि उत्तर पूर्व दिशामा पर्ने गरी लगाउनु पर्छ । यसले तपाइँको आम्दानीको श्रोत बढाउन मद्दत गर्छ ।२ ऐना राख्दा कुनै पनि नराम्रो बस्तु ऐनामा पर्ने गरी नराख्नुस् । सके सम्म ऐनाबाट राम्रो बस्तुको प्रतिबिम्ब आउनु राम्रो मानिन्छ ।३ ऐना यस्तो ठाउँमा राख्नु पर्छ जुन ढोका वा झ्यालको सामना नहोस् ।४ कुनै पनि कोठामा चारैतिर ऐना राख्नु अशुभ मानिन्छ । यस्तो ऐना भएको कोठामा धेरै समस्या आउने बास्तु शास्त्रको दावी छ ।५ घरमा अँधेरो भइरहने स्थानमा गोलो ऐना राख्नु राम्रो मानिन्छ यसले घरमा भएको नकारात्मक उर्जा घटाउन मद्दत गर्छ ।६ सुत्ने कोठामा सके सम्म ऐना नराख्नुस् । ओच्छ्यानको सामुन्ने त राख्दै नराख्नुस् । यसले तपाइँको जीवनमा सम्बन्ध विगार्न सक्छ ।

७ ठूलो तर हलुका ऐनालाई राम्रो मानिन्छ । घरमा जति ऐना भएपनि फरक पर्दैन तर फरक ऐनाको फुटेका २ टुक्रालाई जोडेर एक ठाउँमा भने नराख्नुस् । यस्तो निक्कै अशुभ मानिन्छ ८ बास्तु शास्त्रका अनुसार ऐना छोपेर राख्नु राम्रो मानिन्छ । सके सम्म ऐना दराज खोल्दा देखिने भयो भने उत्तम मानिन्छ ।९ घरको भित्तामा एकदम माथि वा तल पर्ने गरी ऐना राख्नु राम्रो मानिँदैन । यस्तो भयो भने घरका मानिसहरुलाई अनेक समस्या आउन सक्छ ।१० तपाइँको ऐना फुटेको वा धुलो वा फोहोर लागेको हुनु नराम्रो मानिन्छ । यस्तो ऐनाले घरमा नकारात्मक उर्जा पैदा गर्ने बास्तु शास्त्रको भनाइ छ ।