‘प्रेमगीत ३’ मा राजेश हमाल

प्रकाशित मिति:

निकै आश गरिएका दुई फिल्म ‘बागमती’ र ‘सकुन्तला’ ले बक्सअफिसमा कमाल देखाउन नसकेपछि अभिनेता राजेश हमाल करीब २ वर्षदेखि काँचको पर्दाबाट टाढा छन् । दुई फिल्मको असफलतापछि उनी फिल्म छनोटमा केही संयमित भएका छन् । स्क्रिप्ट पढिरहेको भएता पनि अब केही फरक फिल्मबाट कमब्याक गर्ने उनको सोच छ । हमाल आफैं पनि चाँडै फिल्म निर्माण र निर्देशनमा होमिने तयारीमा छन् । यसबीच, उनी एक चर्चित फिल्मको सिरिजमा अनुबन्ध भएको खबर बाहिरिएको छ । सन्तोष सेनले निर्माण गर्ने फिल्म ‘प्रेमगीत’ को तेस्रो सिरिजमा हमाल पिताको भूमिकामा फाइनल भएको गोप्य स्रोतले फिल्मीखबरलाई जानकारी दिएको छ । फिल्ममा उनी अभिनेता प्रदीप खड्काको पिताको भूमिकामा देखिनेछन् । यसअघि पनि उनले थुप्रै फिल्ममा पिता र दाईको भूमिका निभाइसकेका छन् ।

स्रोतका अनुसार, पिताको भूमिका भए पनि रोल पावरफुल भएका कारण राजेश हमालले फिल्म साइन गरेका हुन् । हमाल फिल्ममा अनुबन्ध भएको कुरा भने निर्माता सेनले बताउन चाहेनन् । उनले छलफलकै क्रममा रहेको बताए । फिल्मीखबरसँग कुरा गर्दै भनेफाइनल चाहिँ भइसक्नु भएको छैन । अहिले हामी स्क्रिप्टमा बसिरहेका छौं । तर, केही दिन अगाडि मात्र अभिनेता हमाल र निर्माता सेनबीच कागजी सम्झौता भइसकेको स्रोत बताउँछ । प्रेमगीतु को पहिलो पार्टलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका थिए भने दोस्रो पार्टका निर्देशक रामशरण पाठक हुन् । अब तेस्रो पार्टलाई ुडमरुको डण्डीवियोु फेम्ड निर्देशक छेतन गुरुङले निर्देशन गर्दैछन् । फिल्मको दशैंको आसपासबाट छायांकन सुरु हुने