‘क्याप्टेन’ लाई ‘खाग’ ले देला चुनौती

प्रकाशित मिति:

जुनियर केसी अनमोल अभिनीत फिल्म ‘क्याप्टेन’ ले शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको छ । पहिलो हप्ता सानदार कमाई गरेको फिल्मको दोस्रो हप्ता कलेक्सन ग्राफ केही तलमाथि भए पनि कमजोर भने नहुनेमा वितरक र निर्माता विश्वस्त छन् । कुनै ठूला नेपाली फिल्म प्रदर्शनमा नआएका कारण पनि यस फिल्मलाई दोस्रो हप्ता चिन्ता लिनु पर्ने अवस्था छैन । प्रदर्शनको पहिलो हप्ताको पहिलो दिन निर्माताले राम्रो शेयर हात पार्ने राजधानीको क्यूएफएक्स च्यानलमा यो फिल्मले १६ सोज पाएको थियो । दोस्रो हप्तामा भने आधा कम सोज पाएको छ । अर्थात्, राजधानीको पाँच स्टेशनमा फिल्मलाई ८ सोज बाँडिएको छ । यस्तै, यो फिल्मसँग एकसाथ आएको फिल्म ुद ब्रेकअपु ले भने दोस्रो हप्ताको पहिलो दिन जम्मा दुई सोज पाएको छ ।

गत हप्ताका दुई फिल्म क्याप्टेनु र ुद ब्रेकअपु लाई चुनौती दिन नारी दिवसको अवसर पारेर शुक्रवारबाट मौलिक कथामा फिल्म निर्माण गर्न माहिर मानिने मनोज पण्डित निर्देशित फिल्म ‘खाग’ प्रदर्शनमा आएको छ । बिना प्रचार प्रदर्शनमा आएको फिल्मले दुई दर्जन बढी सिंगल थिएटर पाएको छ । भने, मल्टिप्लेक्सहरुमा पनि २र४ सोज हात पारेको छ । यसले गैंडा संरक्षणको कथा भन्छ । कमलजंग कुँवर लिखित ुगैंडालाई चार वर्षु पुस्तकमाथि निर्माण भएको फिल्ममा प्रविण खतिवडा प्रमुख भूमिकामा छन् । उनी फिल्ममा लेखक कुँवरको भूमिकामा छन् । निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्माको पनि यसमा अभिनय छ । दीपक बज्रचार्यको छायांकन रहेको फिल्मलाई पदम तिमल्सिनाले सम्पादन गरेका हुन् । फिल्मलाई प्रमिला कुँवरले निर्माण गरेकी हुन् ।

योसँगै बलिउडको प्रतिक्षीत फिल्म ुबदलाु पनि शुक्रवारबाट प्रदर्शनमा आएको छ । ुकन्टेन्टु यूक्त ट्रेलरका कारण यस फिल्मको नेपालमा पनि निकै प्रतिक्षा भइरहेको थियो । यसमा तापसी पन्नू र अमिताभ बच्चन लिड रोलमा छन् । सुजय घोषले यसको निर्देशन गरेका हुन् । अभिताभले फिल्ममा एक वकिलको भूमिका निभाएका छन् । यो फिल्म एक सस्पेन्स थ्रिलर हो ।