इमरान प्रधानमन्त्रीको नजिक त पुगे तर बहुमत पुगेन

प्रकाशित मिति:

प्रान्तिय चुनावमा झनै पछाडी

पूर्व क्रिकेटर इमरान खानको पार्टी पीटीआई देशको संसदीय चुनावमा सबै भन्दा ठुलो पार्टी बनेको छ । तर कुल २७० सिटमा उनको पार्टीले ११८ सिटमा मात्र बिजय हासिल गरे पछि उनलाई सरकार गठनको लागि अन्य साना र निर्दलिय सांसदको सहयोग आवश्यक देखिन्छ । चुनावमा नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग ६४ र पाकिस्तान पिपुल्स पार्टीले ४३ स्थानमा जित हासिल गरेको छ । त्यस्तै मुताहिक मजलिस अमलले १२, पाकिस्तान मुस्लिम लिग (क्यू) ले ४, बलुचिस्तान नेशनल पार्टीले २, मुताहिदा क्यूमीको ६ र बलुचिस्तान अवमी पार्टीको २ सिट छ । ले पीटीआई एक्लैलाई भने दवाव देखिन्छ । तथापि केही क्षेत्रमा अझै परिणाम आउन बाँकी छ तर पीटीआई एक्लैलाई सरकार गठन गर्ने बाटो भने बन्द भएको छ । पाकिस्तानको चुनाव आयोग (इपीसी ) ले प्रान्तिय क्षेत्रको परिणाम समेत घोषणा गरेको छ । जसमा फरक फरक परिणामहरु आएका छन् , जस अनुसार पंजाव बिधान सभामा नवाज शरिफको पार्टी १२७ साथ अग्रतामा छ भने पीटीआईले १२२ का साथ पछ्छाएको छ । सिंघ बिधानसभामा भुट्टोको पीपीपी ७४ का साथ अगाडि छ भने पछ्छाएको पीटीआई २३ मा सिमित छ । उता खैबर पख्तूनख्वामा इमरानको पार्टी पीटीआई ९७ मा ६५ स्तानमा जित हासिल गरेको छ , अन्य धेरै पछाडि छन् । त्यस्तै बलुचिस्तान बिधान सभामा , बलूचिस्तान अवामी पार्टी, बीएनपी(एम र एमएमएले बहुमत सिट जितेको छ ।