शनिवारको दिनमा यस्ता क्रियाकलाप गर्नुहोस्, मनोकामना पुरा हुनेछन !

प्रकाशित मिति:

एजेन्सी –  शनिबारको दिन जन्म दिन परेका हरुले पढ्नै पर्ने ज्ञानमुलक टिप्स … यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले शनिबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः

शनिदेवलाई प्रशन्न गर्नका लागि शनिबार गर्नुहोस् यी उपाय, पूरा हुनेछ मनोकामना
१. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । २. तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ ।
अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ । ३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ । ४. तपाईं हुन त सफा मनको हुनुहुन्छ तर कहिलेकाँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ । शनिबार घरमा नल्याउनुहोस् यी पाँच(५) कुरा, आउनेछन् गरिबी, संकट ५. तपाईंको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ । ६.तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न । ७. तपाईंलाई संगीत र खेलमा रुची हुन्छ । ८. तपाईंलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न । ९. तपाईं जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ । १०. तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्छ । ११. तपाईंको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ ।

शननिवारको दिनमा बजार सामाग्री देखी यस्ता क्रियाकलाप नगरेकै राम्रो …हाम्रोमा थुप्रै मूल्य मान्यता शनिबारसँग जोडिएका हुन्छन् । शनिदेवमाथि नराम्रो असर नपरोस् भनी हाम्रा पूर्वजहरुले थुप्रै नियम बनाएका छन् । ज्योतिषका अनुसार शनिको असरबाट बच्नका लागि यस्ता मान्यताहरु छन् जसलाई शनिबारका दिन हामीले गर्नुहुँदैन । आउनुहोस् यस्तै केही कामबारे जुन हामीले शनिबारको दिन गर्दा शनिदेव रिसाउँछन् भन्ने मान्यता छ ।

घरमा तेल नल्याउनुहोस्ः तेललाई शनिको अतिप्रिय मानिन्छ र शनिबार तेल दान गर्नुपर्ने हुन्छ । यस दिन तेल घरमा ल्याउँदा घरमा गरिबी र रोग निम्तिने गर्दछ ।

फलामको सामानः शनिबार फलामले बनेको सामान खरिद गर्नु हुँदैन । फलामलाई शनिको धातु मानिन्छ । यस दिन फलामको दानको महत्व छ । यस दिन फलाम खरिद गर्दा शनिदेव रिसाउने मान्यता रहिआएको छ । नुनको खरिद नगर्नुहोस्ः घरका लागि सर–सामान किन्दै हुनुहुन्छ भने शनिबारको दिन नुन किन्नबाट बच्नुहोस् । शनिबार नुनको खरिद गर्दा घरमा ऋण लाग्ने बताइन्छ । जुत्ता नकिन्नुहोस्ः शनिलाई खुट्टाको कारक ग्रह मानिएको छ । यसकारण शनिबार जुत्ता खरिद नगर्दा राम्रो । यस दिन जुत्ता खरिद गर्दा रोगको सामना गर्नुपर्ने मान्यता रहेको छ ।

अन्न पिस्न नदिनुहोस्ः शनिबार अन्न पिस्न नदिनुहोस् र यसको खरिद पनि नगर्नुहोस् । यसो गर्दा परिवारमा कलह रहिरहन्छ र शनिबार पिनेको पिठोले घरमा गरिबी निम्त्याउने मान्यता छ । हप्ताको सातै दिन मध्येमा शनिवारलाई सबैभन्दा रमाइलो अनि आरामदायी दिन मानिन्छ। अनि यो दिनमा कोहि घरमै बसेर आराम गर्छन्, कोहि चाहिँ आफ्ना घर(परिवार, साथीभाईसँग बाहिर घुम्न या रमाइलो गर्न निस्कन्छन् भने कोहि चाहिँ सपिङ्ग गर्न बजार चहार्छन्।

धार्मिक तवरले हेर्ने हो भने, शनिवारको दिनलाई श्रीरामभक्त(पवनपुत्र हनुमानजीको पूजा र शनिदेवको आरधना गर्नको लागि सबैभन्दा सुभ दिन मानिन्छ। हुन त शनिवारको दिन नै बिदा मिल्ने हुनाले अधिकांशले यस दिनमा विभिन्न किसिमका सामानहरूको किनबेच गर्ने गर्छन्। शनिवारको दिन ‘शनिदेव’को दिन हो र यो दिनमा कुनै(कुनै निश्चित वस्तुको खरीदबिक्री गर्नाले त्यस व्यक्तिको जीवन अनि घर–परिवारमा अशुभ हुने शनिचालिसामा उल्लेख गरिएको छ। आउनुहोस्, जानौँ कुनकुन सामानको खरीदबिक्रि गर्दा शनिदेवको दृष्टि परि तपाईँलाई अशुभ हुन्छः के मानिन्छ भन्दा, शनिवारको दिन फलामको वस्तु दान गर्दा सबैभन्दा शुभ हुन्छ भने त्यहिँ फलामको सामान किन्दा अथवा बेच्दा अशुभ हुने गर्दछ। त्यसैल यस दिनमा झुक्किएर पनि फलामको सामान खरीदबिक्रि गर्नुहुँदैन। शनिवारको दिनमा शनिको दृष्टिले थुप्रै वस्तुहरूमा प्रभाव परिरहेको हुन्छ। यदि तपाईँ शनिवारको दिन जुनकुनै प्रकारको तेल किन्न अथवा बेच्न जाँदै हुनुहुन्छ भने रोकिहाल्नुस्, किनभने यो दिन तेलको व्यापार गर्नाले रोगव्याधले सताउने विश्वास गरिन्छ। तर शनिवारको दिन तेलको दान गर्नु चाहिँ शुभ मानिन्छ। घरको लागि नुन किन्नुपर्यो भने शनिवार बाहेक अन्य कुनै दिनमा किन्नुहोस्। यो दिन नुन किन्दा ऋणले सताउने सम्भावना बढ्दछ। कैँचीको काम भनेको कि काट्ने हो। त्यसैले शनिवारको दिनमा कैँचीको खरीद गर्दा तपाईँको आत्मिय साथी अथवा परिवारसँगको सम्बन्ध बिग्रने सम्भावना हुन्छ।

शनिवारको दिन शनिदेवको पूजा गर्दा कालो तिल चढाउन नबिर्सनुहोला। र यो दिन कालो तिल दान गर्नु पनि शुभ मानिन्छ। तर बिर्सिएर पनि शनिवार कालो तिल किन्ने अथवा बेच्ने भूल नगर्नुहोस्। यस्तो गरेमा तपाईँको गर्न लाग्नुभएको कुनै शुभ काममा बाधाअड्चन आइपर्ने सम्भावना बढ्दछ। कालो रङ्गलाई शनिदेवको प्रतिक मानिन्छ। त्यसैले शनिदेवको पूजा(आरधना गर्दा कालो रङ्गको वस्त्र अथवा कुनै सामान चढाउनु लाभदायी मानिन्छ। तर यो दिन तपाईँको कालो रङ्गको जुत्ता अथवा चप्पल किन्नुभएमा तपाईँले आफूले गरेको कामबाट असफलता मिल्ने विश्वास गरिन्छ। पढाई(लेखाई सम्बन्धी जुनकुनै सामानहरू हुन्छन् (कापी, कलम, पेन, मसी, किताब, झोला, इरेजर, कटर, आदि।), शनिवारको दिन नकिन्नुहोला र आफ्ना बालबच्चालाई पनि यो दिन कापी(कलम किन्न नलगाउनुहोला। यस्ता सामान किन्ने सबैभन्दा शुभदिन भनेको विहिबारको दिन हो।
१. फलामको वस्तु
२. तेल
३. नुन
४. कैँची
५. कालो तिल
६. कालो रङ्गको जत्ता–चप्पल
७. विद्यासाधन