रामचन्द्र पौडेल र शेरवहादुर देउवा तातोपानी कुण्डमा संगै

तातोपानी कुण्डमा पुगेका देउवासहितको टोलीले तातोपानी कुण्डमा स्नान गरे

प्रकाशित मिति:

काठमाडौ‌ । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेता म्याग्दी सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न शनिबार आइपुगेका छन् । साथमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा पनि छन् । उद्घाटन गरिने पार्टी भवन सङ्गम चोकमा ५१ लाख ३७ हजार सात सय ५० मा निमार्ण गरिएको हो । हेलिकोप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुगेका देउवासहितको टोलीले तातोपानी कुण्डमा स्नान गरे । उच्च पदस्थ व्यक्तिको आगमनले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पुयाएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए ।