जेलमा थुन्नुपर्ने व्यक्तिलाई फूलमाला लगाएकोमा भुपेन्द्रजंग शाहीको आपत्ति

प्रकाशित मिति:

काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले कम्युनिस्ट सरकारले बिखण्डनकारी सीके राउतसँग गरेको ११ बुँदाको सहमतिप्रति आशंका गर्दै जेलमा थुन्नुपर्ने व्यक्तिलाई फूलमाला लगाएकोमा आपत्ति जनाएका छन् । महासचिव शाहीले सीके राउतसँग शुक्रबार भएको सहमतिलाई दुखद् भनेर टिप्पणी गरेका छन् । बिखण्डनकारी सीके राउतलाई सरकारले कारबाहीको साटो उल्टै सम्मान गर्नु दुखद् विषय हो’, सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै भनेका छन्, ‘देश टुक्र्याउँछु भन्नेलाई फूलमाला लगाएर स्वागत गर्ने होइन जेल पठाउनु पर्छ । नेपाललाई विभाजन गर्छु भनेर लागेका सीके राउतलाई सम्मान गरेर विप्लवलाई अपमान गर्नु सरकारको मुर्खता हो’, उनले भनेका छन्, ‘सीके, पिके र केपीभन्दा बरु विप्लव नै ठीक हुन् । तरुण दलका महासचिव शाहीले पनि ११ बुँदामा आशंका गर्दै सीके राउतले धोका दिन सक्ने संकेत गरेका छन् । उनले कम्युनिस्ट सरकारले सीके राउतलाई थुन्नुपर्ने माग राखेका छन् । उता सीके राउतले आफ्नो फेसबुक पेजमा स्वतन्त्र मधेस गठबन्धनको मागअनुसार सरकार जनमत संग्रहमा जान सहमत भएको दाबी गरेका छन् ।  राष्ट्रिय सभामा शुक्रबार भएको संयुक्त कार्यक्रममा ११ बुँदे सहमतिको दोस्रो बुँदामा रहेको कुरालाई सीके राउतले जोड दिँदै जनमत संग्रहको कुरा गरेका छन् ।