आन्दोलनका लागी सरकारलेनै निम्तो दिएको छ : शेरवहादुर देउवा

प्रकाशित मिति:

तिलक सुवेदी नवलपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलन कांग्रेसको रहर नभए पनि सरकार आफैँले निम्तो दिएको बताएका छन् । कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्रर्यािटक लयर्स एशोसियसनको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई गैँडाकोटमा सम्बोधन गर्दै सरकारका एकपछि अर्का कदम र निर्णयले आन्दोलन गर्नु परेको बताएका हुन् । देउवाले भने, ‘मैले प्रधानमन्त्री केपी ओलीलाई पनि भेटेर भनेको छु, कन्र्फन्टेसनमा जाने हो कि मिलेर जाने कम्युनिस्टहरु स्वभावले नै प्रजातान्त्रिक हुन नसक्ने भन्दै उनले सरकार अधिनायकवादतर्फ जान खोजेको टिप्पणी गरे । ‘कम्युनिस्टहरुको सरकार अधिनायकवादतिर जान खोज्छ, प्रयास गरिरहेको छ’ सभापति देउवाले भने, ‘हामी त्यसलाई संविधान र कानुनमा टेकेर रोक्ने प्रयास गर्दैछौं ।’ उनले गएको संघ र प्रदेशको निर्वाचनमा कांग्रेसभित्रको अन्र्तघातका कारण पार्टी पराजित भएको बताए । ‘कम्युनिस्टहरु दुई पार्टी एक भए, हामी भने दुई पार्टी झै भयौं’ देउवाले भने, ‘अन्तरघातका कारण २५ देखि ३० सिटसम्म हारेका छौं । हचुवाको भरमा भनेको हैन, तथ्याङकले त्यही बताउँछ । अन्तरघातको रोग नहटेसम्म कांग्रेस पछाडि परिरहने उनले बताए । कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट अधिनायकवादसँग लड्न कांग्रेस बलियो र एकढिक्का हुनुपर्ने बताए

तस्विर: तलक सुवेदी