अति शक्तिशाली साक्षत देवी पाथिभरा , जसको जे छैन एक दर्शनले हुनेछ पुरा !

प्रकाशित मिति:

काठमाडौ – सामान्यतया अहिले मानिस पुजापाठमा भन्दा विज्ञानमा विश्वास गर्ने गर्छन् । एक भक्तले भने, “म पूजा पाठमा विश्वास नगर्ने मान्छे, मेरो छोरो प्यारालाइसीस भए पछि यहि मन्दिरमा आएर पूजा गरेको थिए । आज मेरो छोरो यो मन्दिरलाई नै जन्मदाता ठान्छ ।” झापाको दक्षिणी गाबिस गोलधाप ४ मा रहेको सिंहवाहिनी शक्तिपीठका चमत्कार अनगिन्ती छन् । २०६४ सालमा प्यारालाइसिस रोगीलाई पुनर्जिवन दिएपछि उक्त शक्तिपीठ विश्वासीलो बन्दै गएको हो ।

विकास र प्रवद्र्धनबाट ओझेलमा परेको शक्तिपीठ झापाको पाथीभरा माता भएको स्थानीय वृद्धवृद्धा बताउँछन् । गोल्धापबासीका अनुसार मेची अञ्चलमा ३ स्थानमा पाथीभरा माता रहेका छन् । ताप्लेजुङ्ग, इलाम र झापामा पाथीभरा मन्दिर भएपनि झापाको पाथीभरा मन्दिरलाई हेला गरिएको गुनासो गरिएको छ । झापाको विर्तामोडबाट १० किलोमिटर दक्षिणमा रहेको सो मन्दिर आर्थिक अभावका कारण व्यवस्थित गर्न नसकिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खड्गप्रसाद ओली बताउँछन् । उनले झापाको पाथीभरालाई विकास गरी धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबैलाई आह्वान गरेका छन् । पूर्वाञ्चलकै विशिष्ठ धार्मिक स्थलहरु मध्ये सिंहवाहिन शक्तिपीठ देव स्थालमा अनौठो वृक्ष रहेको छ । वृक्षलाई कोट्याउँदा रगत बग्ने गरेको मन्दिर समितिले जनाएको छ । सिंहवाहिनी शक्तिपीठको चौतर्फी विकासका लागि यही फागुन ५ गतेदेखि १६ गतेसम्म शिव महापूर्ण ज्ञान महायज्ञको आयोजना गरिएको छ ।

धार्मिक एवम् ऐतिहासिक स्थल सिंहवाहिनी शक्तिपीठ वि.सं. १८९५ मा घना जंगलको रुपमा थियो । मानिसहरुको आवत जावत विरलै हुने भएपनि केही आवगतजावत गर्नेहरुले उक्त स्थानको चमत्कार सुनाउने गरेका छन् । स्थानीय धर्मनुरागीका अनुसार पुर्णीमाको रातमा नागनागिनहरुको नृत्य तथा सहवास हुने, औंशीको रातमा नागनागिनले शक्तिपीठलाई उज्यालो बनाउने गरेको बताउँछन् । अनौठा अनौठा बाजा बज्ने सो स्थानमा सयौंको मनोकांक्षा पूरा भएपछि सहयोग गर्नेहरु पनि आउन थालेको अध्यक्ष ओलीले बताए । वार्षिक डेढ लाख धर्मावलम्बी दर्शन गर्न आउने गरेको समितिको तथ्याङ्कमा उल्लेख छ । सञ्चालन हुन लागेको महापूराण बारे बुधबार पत्रकार सम्मलेन गर्दै पूराण आयोजक समितिका अध्यक्ष त्रिलोचन सापकोटाले पूर्वमै सिंहदेवी शक्तिपीठमा आश्चर्य शक्ति भएको दावी गरे । उनले ताप्लेजुङ्गको झैं पाथीभरा झापामा भएको बताए । मन्दिर परिषरमा रहेको अनौठो वृक्षमा ४ वटा पंक्षी (लाटकोसेरो) लामो समयदेखि बस्दै आएका छन् । जुठो बार्दै गरेको परिवारका केही सदस्य, महिनावारी भएका महिलालाई मन्दिरको मुल गेटमा नपुग्दै पंक्षीले रोक्ने गरेको स्थानीय धामी श्रीप्रसाद बस्नेत बताउँछन् । उनले भने, ‘यो मन्दिरमा ताप्लेजुङकै पाथीभरा माता पनि हुनुहुन्छ ।’ पाप सम्झेर आउनेलाई पीठमा माताको शक्तिले प्रवेश मै रोक लगाउने उनले थपे । पीठमा पाथीभरा माता, दक्षिणकाली, सिंहवाहीनीको मुलथान, शिव र कृष्ण भगवानको मन्दिर अवस्थित छन् ।

पत्रकार भेटघाटमा पूराण आयोजक समितिका संयोजक सापकोटाले ओझेलमा परेको सिंहवाहीनी शक्तिपीठलाई उत्थान गर्न सबैको भूमिका रहने बताए । घरबाट नजिकै मन्दिर रहेपनि वास्ता नगर्ने गाविस कर्मचारी रेखा छोराले पाएको पुनर्जिवन पछि हप्तै पिछे पुजा पाठमा संलग्न हुने गरेको बताउँछिन् । धेरै ठाउँमा उपचार गर्न लगे पनि केही सुधार नहुँदा मन्दिरमै भाकल गरेर छोरा ठीक भएको उनको अनुभव छ । उनले भने – ‘यो मन्दिरमा ताप्लेजुङकै पाथीभरा माता पनि हुनुहुन्छ ।’ पाप सम्झेर आउनेलाई पीठमा माताको शक्तिले प्रवेश मै रोक लगाउने उनले थपे । पीठमा पाथीभरा माता, दक्षिणकाली, सिंहवाहीनीको मुलथान, शिव र कृष्ण भगवानको मन्दिर अवस्थित छन् । पत्रकार भेटघाटमा पूराण आयोजक समितिका संयोजक सापकोटाले ओझेलमा परेको सिंहवाहीनी शक्तिपीठलाई उत्थान गर्न सबैको भूमिका रहने बताए । आस्थाले भरिएकी साक्षत देवी पाथिभराको सम्मान र दर्शनमा सेयर गरिदिनुहोला ।