गजेन्द्र मोक्ष नारायण भगवान प्राण प्रतिष्ठा महोत्सव सम्पन्न,

प्रकाशित मिति:

नवलपरासी/नवलपरासीको त्रिबेणी स्थित गजेन्द्र मोक्ष धाममा सञ्चालन भएको सप्ताहब्यापी गजेन्द्र मोक्ष नारायण भगवान प्राण प्रतिष्ठा महोत्सव शनिबार विधिवत रुपमा सम्पन्न भएको छ । महोत्सव मुल समितिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मुक्थितनाथ पिठाधिश स्वामी कमल नयनाचार्यले सम्पुर्ण श्रद्धालु भक्तजनहरुको भक्तिपुर्ण सहयोगमा महोत्सव भएकोमा सबैमा धन्यबाद ब्यक्त गर्नुभएको थियो ।

स्वामी नयनाचार्यले धर्मलाई कर्मसंग जोड्न सिकए समुन समाज निर्माण गर्न सकिने बताउदै पौराणिक कालदेखी जोडिएको गजेन्द्र मोक्ष धामको धार्मिक अध्यायले लाखौ श्रद्धालु भक्तजनहरुको हालको समयमा पनि आस्थाको केन्द्र विन्दु बनेको जिकिर गर्नुभयो । सो अवसरमा पुर्व सांद देवकरण कलवार सन्तुले असल कुरा धारण गर्नु नै धर्म भएको चर्चा गर्दै आफुले सदा हिन्दु धर्मको पक्षमा रहेको बताउदै हिन्दु धर्मको रक्षा गर्नु सम्पुर्ण हिन्दु धर्मावलम्बीहरुको परम कर्तब्य रहेको बताउनुभयो ।

गत फागुन १९ गतेदेखी ५ सय ५५ सस्थापक सदस्यहरुले सामुहिक रुपमा समुद्घाटन गरिएको महायज्ञमा नेपाल भारतका गरि करिब २ लाख २५ हजार भक्तजनहरुले महायज्ञको अवलोकन गरेका थिए । महायज्ञमा नेपाल भारतका ख्याती प्राप्त धर्मगुरुहरु, मठाधिश, पिठाधिश लागएत धामिृक ब्यीक्तत्वहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा विगत ५ बर्षदेखी निर्माण कार्य रहेको नारायण भगवानको मन्दिरलार्य उद्घाटन पश्चात सर्वसाधारणका लागी खुल्ला गरिएको मन्दिर उत्तराधिकारी स्वामी कृष्ण प्रपवन्नाचार्यले जानकारी दिनुभएको छ । गजेन्द्र मोक्ष नारायण भगवानको मन्दिर निर्माण कार्यमा २२ करोड लागत लागेको मन्दिर श्रोथले जानकारी दिएको छ ।