मन शुद्धि गर्ने उपायहरु येस्ता छन

प्रकाशित मिति:

मन शुद्धि गर्ने अनेक उपायहरु छन् । आफ्नो निरीक्षण गर्नुपर्दछ । हामी जसरी ऐनामा हेरेर मुखको दाग आदि हटाउँछौँ, त्यसरी नै अन्तर्मुखी दृष्टिद्वारा अन्तवृत्ति निरीक्षण९क्ष्लतचयकउयअतष्यल० गरौँ र आफ्ना दोष, विकार आदिको पहिचान गरेर एकएक गरेर खोजीखोजी निराकरण गरौँ ।पानीद्वारा जसरी शरीर शुद्ध गर्छौँ, त्यसरी नै मनलाई पनि शुद्ध गरौँ । सत्य बोल्ने, सत्य विचार गर्ने, सत्य काम गर्ने अभ्यास मन शुद्धि गर्नमा सहायक हुन्छ । जलले शरीर शुद्ध हुन्छ, सत्यले मन शुद्धि हुन्छ भनी शास्त्रमा बताइएको छ । शरीर स्वच्छ भएको बखत अथवा स्वच्छ वस्त्र लगाएको बखत कति आनन्द मिल्दछ रु मनलाई स्वच्छ, शुद्ध, निर्मल पारेपछि अनुपम सुख प्राप्त हुन्छ । मानसिक स्वच्छता भएपछि अनिर्वचनीय सुखको अनुभव हुन्छ र त्यसैले शरीरलाई पुष्ट गर्दछ । दिनमा एउटा यस्तो समय निश्चित गरौँ कि कार्यव्यस्ततादेखि मुक्त होस् । बिहान, बेलुका अथवा राती सुत्नुभन्दा अघि जुन बेला सुबिधा हुन्छ, त्यसैबेला एक्लै बसेर चिन्तन गरी आपूआत्मा सँगै बस्न सिकौँ ।

जब हामी यसरी विचार गर्छौँ, तब हामी ईष्र्या, द्वेष, भय, घृणा, चिन्ता, विषाद, यश, लालसा, काम, क्रोध, लोभ, मद, मोह आदि विकारलाई हटाउन सक्छौँ । कर्तव्यनिष्ठाले प्रेरित भएर, साहसले पूर्ण भएर यी विकारदेखि माथि उठी काम गर्न सिकौँ । एकएक दोषको नाश गर्ने उपाय सोचौँ, ईश्वरको सहारा लिएर प्रयत्न गरौँ । साहस विश्वास गरौँ । नित्य आत्मचिन्तन, आत्मविश्लेषणद्वारा आफ्नो दोषलाई चिन्तन, मनन र प्रयत्नले निर्बल पारौँ । तब मनलाई ईश्वरमा एकाग्र गर्न सक्तछौँ । विकारले मन तथा शरीरलाई निर्बल तुल्याउँछ, विकारबाट मुक्त भएपछि शक्ति अबाधित भएर उठ्तछ । ‘जहाँ आत्मसुधारको सङ्कल्प हुन्छ, त्यहाँ आत्मसुधार अवश्य हुन्छ ।’आफ्नो तुलना अर्को व्यक्तिसँग गर्नुको सट्टा आफ्नै विगत र वर्तमानलाई तुलना गरौँ र विगतभन्दा असल हुन नित्य प्रयत्न गरौँ । विकारहरु रहिरहे भने विश्वभरको सम्पदा, अतुल बल, महान् पद, असीम विद्या पाएर पनि सुख हुन सक्दैन ।

क्षीणता, मोह आदि दोषहरुलाई हटाएर रिक्त भएको मनलाई पोषक भावहरुद्वारा पूर्ण गरिदिनुपर्दछ र जनताजनार्दनसँग प्रेम गर्न सिक्नुपर्दछ । यसले मनलाई बल मिल्दछ । स्वार्थ छोडेर परमार्थतिर बढौँ, सङ्कीर्णता व्यापकता, उदारता, सहनशीलता सिकौँ ।अन्तस्करण शुद्ध भएपछि अन्तस्करणको ध्वनि जीवनपथमा प्रकाशपुञ्ज भएर सहायक हुन्छ । पवित्र अन्तस्करणको ध्वनिलाई उपेक्षा गरेर विपरीत आचरण गर्नाले मन दुर्बल हुन्छ ।मनको प्रसन्नताशुद्ध, स्वस्थ, सुखी मन सुन्दर स्वास्थ्यको प्रथम रहस्य हो । मन नै मनुष्यको सुखदुःखको कारण हो । जसले मनलाई जित्न सक्दछ, उसले जगत्लाई जित्न सक्दछ । मनलाई सुखी राख्नका लागि पुराना विकारहरुको निराकरण गर्न र यस नियमद्वारा मनमा नयाँ दोषहरु बिल्कुलै आउन दिनुहुँदैन । सावधानीपूर्वक जीवनलाई सधैँ नियमितरुपले संयमित राखौँ । उदारचित्त भएर प्रभुभक्ति र जनसेवाको भावना राखौँ, यसबाट चित्त प्रसन्न हुन्छ । प्रसन्नचित्त व्यक्तिको शरीरमा स्पूmर्ति, बल, ओज र स्वास्थ्य हुन्छ । क्षीणता ल्याउने चिन्तादि विकारलाई छोडेर काम गर्न सिकौँ ।मन,वचन, कर्मको एकता हुनुपर्छ, अन्यथा मानव दुर्बल बन्छ । हामीले अरु कसैलाई धोका दिए पनि आपूलाई दिन सक्दैनौँ । मन, वचन र कर्ममा एकता भएपछि मनमा तनाव उत्पन्न हुँदैन । ‘महात्माहरुको मन, वचन र कर्ममा एकता हुन्छ’ भनिएको छ । यसो भएपछि मनुष्य निर्भय हुन्छ । निर्भीकता नै जीवन हो । पुण्यको बाटोमा हिँडेमा मनुष्य सबल र निर्भय हुन्छ ।जीवित र विगत सन्तहरु र महापुरुषहरुको जीवनीबाट प्रेरणा लिनुपर्दछ । स्वाध्याय, सद्ग्रन्थ अनुशीलन र ज्ञानप्रभाले पनि मनुष्य जीवनलाई आलोकित गर्दछ । प्रकृतिको सौन्दर्य दर्शन—भ्रमण र प्रकृतिसामीप्यले पनि मनुष्यको मनलाई उदात्त र बलवान् बनाउँछ ।