पटक पटक पिसाब लागिरहेमा के गर्ने

प्रकाशित मिति:

एजेन्सी /पटक–पटक पिसाब लाग्ने समस्या छ भने बेवास्ता गर्न मिल्दैन । यस्तो हुनुका कारण धेरै छन् । मूत्राशय ब्लाडर र मिर्गौलामा स्टोन हुँदा पनि असामान्य ढंगले पिसाब लाग्ने समस्या हुन्छ ।२४ घन्टामा ६–७ पटकभन्दा बढीपटक पिसाब लाग्छ भने सचेत हुन जरुरी हुन्छ । कुनै न कुनै स्वास्थ्य समस्या नभई यस्तो अवस्था निम्तिँदैन । जुन समस्यालाई ‘फ्रिक्वेन्ट युरिनेसन’ भनिन्छ ।

पुरुषमा प्रोस्टेट बढ्दा पनि पटक–पटक पिसाब लाग्ने समस्या हुन्छ । यस्तो रोगले मानिसको नियमित दैनिकीमै असर पुर्याउँछ ।कतिपयमा दैनिक तीन लिटरभन्दा बढी पिसाब जाने गर्छ । यस्तो समस्यालाई भने नियमित व्यायाम गरी निको पार्न सकिन्छ ।