एनआरएन कोलोराडो च्याप्टर अध्यक्षमा आर सी पन्तको उम्मेदवारी

प्रकाशित मिति:

सबलपोष्ट अमेरीका \  एनआरएन कोलोराडो च्याप्टर अध्यक्षमा आर सी पन्तले उम्मेदवारी दिने निर्णय गरेका छन् एनआरएनको उम्मेदवार हुदै गर्दा सदस्यका विच केही प्रतिवद्दता पनी व्यक्त गरेका छन् । उहांका प्रतिवधताहरु जस्ताको तस्तै कोलोराडोको सदस्य सङ्ख्यालाई पारदर्शी बनाई चुनावी नम्बर मात्र नहुनेगरि कम्तीमा १,५०० व्यक्तिलाई सङ्गठनमा आबद्ध गराउने छु । कोलोराडोको २३ वटै नेपाली संघसस्थालाई राज्य सरकार र सङ्घीय सरकार स्तरको सहयोग हरू कसरी उपलब्ध गराउन सकिन्छ भनी सबैको जानकारीको लागि सरकारी स्तरमा समन्वय गरी कम्तीमा ४ वटा कार्यशाला सञ्चालन गर्नेछु । कोलोराडो राज्य सरकार अनि स्थानीय सरकार सँगको पहलमा विगत वर्ष देखि छलफलमा रहेको नेपालीहरूको सामुदायिक भवन निर्माणको लागी पहल गर्ने छु । नेपालको संविधानले प्दान गरेको नागरिकता सम्बन्धी अधिकार बारे NRN केन्द्रीय स्तरर ICC स्तर मार्फत कोलोराडो राज्यमा भएका स्थनानिय समस्याहरूलाई पहिचान गरी सम्बन्धित ठाउँमा पुर्‍याउने व्यक्तिगत र सामूहिक पहल गर्ने छु ।कोलोराडो राज्यमा बसोबास गर्नुहुने नेपाली युवाहरूको योग्यता र क्षमता अनुसारको रोजगारी सङ्घीय तथा राज्य सरकार भित्र कसरी प्राप्त गर्न सकिन्छ सो बारे विज्ञहरूसँग भेटघाट गराई, कार्यशाला गोष्ठी गराई कार्यन्वयन गर्ने पहल गर्ने छु ।

कोलोराडो राज्य सरकारको नियम कानुनले दिएको फ्री हेल्थ केयर, अध्यागमन र कर सम्बन्धित नियम बुझ्न र त्यसको कार्यन्नयन गर्न इच्छुक नेपालीमूलका महानुभावहरूलाई क्षमता अभिवृद्धि गर्ने गराउने छु । नेपाल स्थित सरकारी विश्वबिध्धालय, कलेज तथा विध्धालयका शिक्षक तथा विद्यार्थी हरूको कोलोराडो राज्यमा रहेका सामुदायिक कलेज, तथा विशविध्धलयमा शैक्षिक आदानप्रदान भ्रमणको लागि पहल गर्ने छु ।केन्द्रसँग समन्वय गरी नेपालमा लगानी भित्राउन व्यक्तित्व, समूह, सङ्घसंस्था र लगानीको क्षेत्र पहिचान गर्न गराउनको लागि प्रयासरत रहन्छु ।प्रविधिमूलक शिक्षा ९ऋबचभभच बलम त्भअजलष्अब िभ्मगअबतष्यल० र पेसाको लागि आवश्यक शैक्षिक योग्यता प्राप्त गराउन कोलोराडोका सम्बन्धित सामुदायिक कलेजहरूमा समन्वय गरी नेपाली दाजुभाइ दिदी बहिनीहरूको रोजगार मूलक सिपको लागि सम्बन्धित क्षेत्रमा पहल गर्ने छु । अन्त्यमा, कोलोराडो च्याप्टरमा गरिने कुनै पनि औपचारिक कार्यक्रमहरूमा नेपालको राजनीतिक दल र त्यसका भातृसंगठनको सम्मान, प्रचारबाजि, भाषण, खादा थाप्ने र लगाउने प्रवृत्तिलाई परिव्रतन गरी त्यसको सट्टामा अमेरिकामा रहेका नेपाली युवाहरूको सफलताको कथा र उनीहरूले हाम्रो समुदायमा पुर्‍याएको योगदानको पहिचान गरी अबका दोस्रो र तेस्रो पुस्तालाई प्रोत्साहन हुने मात्र काम गरिने प्रतिबद्धता गर्दछु ।

धन्यवाद,
आर सी पन्त
एनआरएन कोलोराडो च्याप्टर अध्यक्ष उम्मेदवार