काठमाण्डौ साउन १२ /भारतको महाराष्ट्र महाबलेश्वरको नजिक एक बस दुर्घटना हुँदा बसमा सबार सबैको ज्यान गएको छ । बस ५०० फिट गहिरो खोल्सोमा खसेको थियो । बसमा दापोली कृषि बिश्व बिद्यालयका छात्रछात्रा थिए । घटनाको कारण पत्ता लगाउन सकिएको छैन । अफ्ठ्यारो ठाउँमा बस खसेको कारण राहत तथा उद्धारमा कठिनाई भएको स्थानीय प्रहरीले जनाएको छ । घटना पछि भारतीय राष्ट्रपति रामनाथ कोविद, प्रधानमन्त्री नरेन्द्र मोदी, काँग्रेस अध्यक्ष राहुल गान्धी लगायतले दु : ख व्याक्त गरेकाछन् ।