ॐ हेर्नुहोस् यो साताको साप्ताहिक राशिफल २०७५ फागुन २६– चैत्र २ गतेसम्म !

प्रकाशित मिति:

मेष राशिः मेष राशिका लागि साता सुखद् रहनेछ । आर्थिक उन्नति हुनेछ । व्यवसायमा वृद्धि हुनुका साथै मित्रसुख मिल्ने देखिन्छ । पारिवारिक साथ सहयोगले साता सुखद् रहने देखिन्छ । अध्ययन अध्यापनमा रुचि जाग्नेछ । शत्रु निर्वल रहनेछन् । प्रेम जीवन सुखद् रहनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । स्वास्थ्यको क्षेत्र सबल देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । दुर्गा भगवतीको उपासना यो साता शुभ रहनेछ ।

वृष राशिः वृष राशिका लागि साता मिश्रित फलदायी रहनेछ । सोमबारसम्म कार्यमा अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता आउने देखिन्छ । बोलिमा विशेष ध्यान दिनुपर्नेछ । मंगलबारबाट भने दिन सुखद् रहनेछन् । आमदानीको स्रोत बढ्नेछन् । मित्र सहयोग प्राप्त हुनुका साथै कार्यमा पनि उन्नति हुनेछ । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । व्यवसायमा वृद्धि हुनेछ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ ।

मिथुन राशिः मिथुन राशिका लागि यो साता लाभदायी रहनेछ । सामाजिक कार्यमा मन जानेछ । व्यवसायमा सफलता मिल्नुका साथै कार्यमा पनि उन्नति हुनेछ । आर्थिक क्षेत्र सबल देखिन्छ । अध्ययन अध्यापनमा रुचि जाग्नेछ । धार्मिक कार्यमा लगाव रहनेछ । मित्र सहयोग मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । बोलीको विशेष प्रभाव रहनेछ । मंगल र बुधबार भने खर्च बढ्नुका साथै शारीरिक आलश्यता रहने देखिन्छ ।

कर्कट राशिः कर्कट राशिका लागि साता उन्नतिकारक रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । धनको क्षेत्र सबल देखिन्छ । आयमा वृद्धि हुनेछ । मनोरञ्जनमा विशेष रुचि रहने देखिन्छ । पारिवारिक वातावरण सुमधुर एवं सहयोगी रहनेछ । अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ । नयाँ कार्यका अवसर पनि प्राप्त हुनेछन् । भौतिक वस्तु लाभदायी रहनेछन् । बिहीबारबाट भने शत्रु पक्ष सबल रहने देखिन्छ ।

सिंह राशिः सिंह राशिका लागि यो साता सफल रहनेछ । आर्थिक क्षेत्र सबल देखिन्छ । नयाँ कार्य गर्ने उत्साह मनमा छाउनेछ । आर्थिक उन्नतिका साथै व्यवसामा पनि वृद्धि हुने देखिन्छ । विद्याको क्षेत्र मध्यम छ । मित्र सहयोग मिल्नेछ । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । धन लाभका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । कार्यमा सफलता मिल्नेछ । धार्मिक कार्यमा विशेष लगाव रहने देखिन्छ । गणेशजीको उपासना शुभ रहनेछ ।

कन्या राशिः कन्या राशिका लागि यो साता मिश्रित लाभदायी रहनेछ । अध्ययन अध्यापनको क्षेत्र मध्यम देखिन्छ । खर्चमा वृद्धिका साथै स्वास्थ्यमा पनि समस्या झेल्नु पर्नेछ । मंगलबारबाट भने कार्यमा सफलता मिल्दै जानेछ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । यात्राका योग पनि देखिन्छन् । सामाजिक कार्यमा मन जानेछ । आफन्त जनको सहयोगले कार्यमा उन्नति हुनेछ । शिवजीको उपासना यो साता शुभ रहने देखिन्छ ।

तुला राशिः तुला राशिका लागि साता कार्यदायी रहनेछ । कार्यमा व्यवस्तता विशेष रहने देखिन्छ । प्रेम जीवन सफल र सुखद् रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । व्यापार व्यवसायमा उन्नतिका साथै नयाँ कार्य गर्ने मनमा उत्साह छाउनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुने देखिन्छ । विद्याको क्षेत्र लाभदायी रहनेछ । आयमा वृद्धि हुनेछ । मंगल र बुधबार भने स्वास्थ्यमा प्रतिकूलताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि यो साता वृद्धिदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । विद्याको क्षेत्र विशेष लाभदायी रहनेछ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । पराक्रम बढ्नुका साथै कार्यमा उन्नति हुनेछ । व्यवसायमा वृद्धिका योग देखिन्छन् । भौतिक वस्तु लाभदायी रहनेछन् । व्यापार व्यवसायमा वृद्धि हुनेछ । मित्र सहयोग मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । धनको क्षेत्रमा भने सजगता अपनाउनु नै उचित हुने देखिन्छ ।

धनु राशिः धनु राशिका लागि साता सुखद् रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । मित्र सहयोग मिल्नुका साथै कार्यमा पनि उन्नति हुने देखिन्छ । अध्ययन अध्यापनमा रुचि जाग्नेछ । साता प्रेमिल रहने देखिन्छ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । गृह सुख मिल्नेछ । कला, साहित्य र मनोरञ्जनका क्षेत्रमा विशेष लगाव रहनेछ । शत्रु पक्ष भने सबल रहने भएकाले कार्यमा सजगता अपनाउनु नै उचित हुने देखिन्छ ।

मकर राशिः मकर राशिका लागि साता कार्यदायी रहनेछ । सोमबारसम्म आर्थिक अस्थिरता रहनुका साथै मनमा चपलता रहनेछ । शत्रु पक्ष सबल रहने भएकाले बोलीमा सजगता उचित रहनेछ । मंगलबारबाट दिन सुखद् रहनेछन् । भौतिक वस्तु लाभदायी रहने देखिनछ । विद्याको क्षेत्र सबल छ । अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ । आध्यात्मिक क्षेत्रमा रुचि जाग्नेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

कुम्भ राशिः कुम्भ राशिका लागि साता मिश्रित फलदायी रहनेछ । आर्थिक क्षेत्र सबल देखिन्छ । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । मनमा नयाँ कार्य गर्ने उत्साह छाउनेछ । व्यवसायमा वृद्धिका साथै नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ । अध्ययनमा रुचि जाग्नेछ । आय आर्जनका स्रोत बढ्नेछन् । मित्र सहयोग मिल्ने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । मंगल र बुधबार कार्यमा अवरोधका साथै स्वास्थयमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।

मीन राशिः मीन राशिका लागि साता सुखद् रहनेछ । मनमा उत्साह छाउनेछ । कार्यमा सफलता मिल्ने देखिन्छ । आर्थिक उन्नतिका योग देखिन्छन् । आय आर्जनमा वृद्धि हुनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । धन प्राप्तिका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । मंगलबारबाट कार्यमा अवरोधका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । स्वास्थ्यमा पनि सजगता अपनाउनु नै उचित हुनेछ ।