धनको चमत्कार कस्तो हुन्छ ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

यावद्वित्तोपार्जनसक्तः तावन्निजपरिवारो रक्तः ।
पश्चाज्जीवति जर्जरदेहे वार्तां कोऽपि न पृच्छति गेहे । – हितोपदेश

जबसम्म व्यक्ति धन कमाउन सक्छ तवसम्म परिवारमा पनि उसले सबैको माया प्राप्त गर्दछ । परिवारजनले पनि उसप्रति राम्रो व्यवहार प्रदर्शन गर्छन् । जब धन कमाउन छोड्छ त्यसपछि परिवरका सदस्यले पनि उसँग चाख लिएर बोल्न छाड्छन् । मायामा पनि कमी आउन थाल्छ ।

मान्छे बलेकै आगो ताप्छन् । संसारी आगो नै धन हो । धन हुनेलाई परिवार लगायत अन्य व्यक्तिले विशेष सोधपुछ मान सम्मान गर्छन् । जब धन कमाउने बाटा बन्द हुँदै जान्छन् त्यसपछि परिवारले हेर्ने दृष्टिमा पनि परिवर्तन आउँछ भनिएको छ । सोही भएर धन र मायाबीचको सम्बन्धका बारेमा संस्कृतज्ञले अनुभवसिद्ध कुराहरू व्यक्त गरेका हुन् जस्तो लाग्छ । धन हुने व्यक्तिलाई गर्ने व्यवहार सहयोगी र मायालु हुन्छ । अर्थात् धन कमाउनेले माया पनि धेरै प्राप्त गर्दछ । यसैगरी कमाइमा गिरावट आएपछि मायामा पनि कटौती हुन थाल्छ भन्ने नीति वचन मननीय छ । – नाणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –