भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ

प्रकाशित मिति:

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।आयोगको टोलीले आज बिहान भैरहवाबाट ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित ठाकुरलाई पक्राउ गरेको ह ो। त्यस्तै ठाकुरकी श्रीमती पनि पक्राउ परेकी छिन् । घुसको रकम लिएर घर जाँदैगर्दा अख्तियारको टोलीले पक्राउ गरेको बताइएको छ। यसअघि आज बिहान अख्तियारको टोलीले गुल्मिमा सिमलटारी – प्युठान सडक आयोजनाका सव इन्जिनियर प्रकाश झालाई पनि एक लाख घुस सहित पक्राउ गरेको थियो । झालाई आज बिहान आफनैकोठामा घुस लिदै गरेको अवस्थामा अख्तियार बुटवलको टोलीले पक्राउ गरेको हो ।