अध्यक्षको घरमा बिस्फोट गराइएको विरुद्ध देशभरका म्यानपावर कम्पनी बन्द

प्रकाशित मिति:

काठमाडौं – वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम बिस्फोटको विरोधमा आज देशभरका म्यानमावर कम्पनी बन्द गरिएका छन् । शुक्रबार गुरुङको बसुन्धरास्थित घरमै पार्क गरिएको कारमा बिस्फोट गराइएको थियो । सोही घटनाको विरोधमा आज म्यानपावर कम्पनी बन्द गरिएको हो ।

विस्फोटका कारण घरमा आगलागी भएर क्षति भएको भएको थियो। आगलागी काठमाडौं महानगरको दमकल, प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए।घटनाको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिम्मेवारी लिएकोa छ। नेकपासर्मिर्थत युवा संगठन नेपालले विज्ञप्ति जारी गर्दै गुरुङले मानव तस्करीलाई रोक्नुको सट्टा प्रश्रय दिएकोमा पटक–पटक चेतावनी दिँदासमेत नमानेको हुँदा कारबाहीस्वरुप घटना गराइएको दाबी गरेको छ ।