विकास निमार्णका कार्यक्रम संचालन गर्न बजेट छैन : पौडेल

१२ श्रावण २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
13 Shares

Exif_JPEG_420

डी. आर. बन्जाडे \साउन १२, बुटवल \राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलले सरकारका लागि विकास निमार्णका कार्यक्रम संचालन गर्न वजेट अभाव देखिएको बताउनुभएको छ । उहाँले समृद्धिको सपना देखाउने सरकारका लागि चालू खर्च धान्न समेत समस्या परेकाले जनतालाई मारमा पार्ने गरी कर वृद्धि गर्न सरकार बाध्य भएको आरोप लगाउनुभयो ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीले तिलोत्तमाको डाइभरटोलमा आयोजना गरेको प्रचार साभालाई सम्वोधन गर्दै नेता पौडेलले स्थानीय तहलाई मजवुत बनाउने नाममा अधिकारको उचित प्रत्यायोजन गर्न नसक्दा द्धन्द्ध बढ्दै गएको टिप्पणी गर्नुभयो । पार्टी प्रवत्ता समेत रहनुभएका नेता पौडेलले संघीयता कै कारण स्थानीय तहको अधिकार समेत कटौती गरी प्रादेशिक सरकार संचालनमा लागेको बताउनुभयो ।
सभामा राष्ट्रिय जनमोर्चाका अर्का केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही अध्यक्ष बद्रे आलमले अहिलेको सरकार भ्रष्टचारमा शुन्य सहनशीलता अवलम्वन गर्ने चुनावी नारा बनाए पनि अहिले भ्रष्टचारीकै जालोमा जेलिएको आरोप लगाउनुभयो । उहाँले मधेशवादी दलका नाममा बैदेशिक शक्ति केन्द्रले चलखेल गरेको भन्दै सिंगो नेपालको अस्तित्वका रक्षाका लागि एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नम्वर पाँचका प्रदेश सभा सदस्य तारा जिसीले महिला हिंसाका क्षेत्रमा संघीय सरकार तथा प्रदेश सरकार जिम्मेवार बन्न नसकेको भन्दै सरकारलाई महिला माथि हुने सवै प्रकासरका हिंसा अन्त्यका लागि अग्रसर रहन आग्रह गर्नुभयो ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीका सचिव दिपक पौडेलले राष्ट्रियताको सवालमा संझौता गर्न नसकिने भन्दै गणतन्त्रात्मक व्यवस्थामा हुने यस प्रकारका राष्ट्रघात पूर्ण कार्यको विरोध गरिने बताउनुभयो ।
तिलोत्तमा नगरका नगर अध्यक्ष रुकवहादुर पराजुलीको सभापतित्व, नगर उपाध्यक्ष हर्क वहादुर टन्डन तथा जिल्ला उपाध्यक्ष इन्द्रा ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।
सभामा रत्तिमका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया