महिलाको खर्च पाकिस्तानपछि दोस्रो स्थानमा नेपाल

२६ फाल्गुन २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
33 Shares


एजेन्सी /महिनावारी हुँदा धेरै खर्च हुने देशको सूचीमा नेपाल पाकिस्तानपछि दोस्रो स्थानमा रहेको बीबीसीले गरेको एउटा विश्लेषणमा देखिएको छ। त्यो विश्लेषणका लागि एशियाका विभिन्न १८ देशबाट तथ्याङ्क सङ्कलन गरिएको थियो।औसतमा नेपाली महिलाहरूले आफ्नो मासिक आयको तीन प्रतिशत रकम महिनावारी हुँदा प्रयोग हुने सामग्रीमा खर्च गर्ने गरेका छन्। यो एशियाकै राम्रो अर्थतन्त्र भएका देशहरू सिङ्गापुर ९०।२२५० र दक्षिण कोरिया ९०।३४५० भन्दा झन्डै दश गुणाले बढी खर्च हो।यो रकम औसत नेपाली परिवारले शिक्षामा खर्च गर्ने रकमजति नै हो।

यो विश्लेषण खुद्रा पसलमा बिक्री हुने स्यानिटरी प्याड, दुखाइ कम गर्ने औषधि र डन्डीफोर आउँदा लगाउने क्रिमको मूल्यका आधारमा गरिएको छ। विशेषज्ञहरूका अनुसार यी सामग्री सामान्यतया प्रत्येक चक्रमा सात दिन प्रयोग गरिन्छ।अन्तर्राष्ट्रिय मुद्राकोषले देखाएको विभिन्न देशको पर्जेजिङ पावर प्यारिटी ९पीपीपी०को दरलाई आधार मानेर मूल्यको समायोजन गरिएको छ। त्यसपछि उक्त देशका महिलाहरूको औसत मासिक आय सँग तुलना गरिएको छ।

नेपाली महिलाहरूले आफ्नो जीवनमा झन्डै २,१०,५६५ रुपैयाँ महिनावारी हुँदा खर्च गर्छन्। यो रकमले काठमाण्डूमा तीनवटा शयनकक्ष भएको अपार्ट्मेन्टमा सात महिनाको भाडा तिर्न पुग्छ।त्यति रकमले एउटी महिलाले सप्ताहान्तमा हलमै गएर झन्डै पाँच सयवटा चलचित्र हेर्न सक्छिन्। हरेक सप्ताहान्तमा चलचित्र हेर्न जाने हो भने उक्त रकम १० वर्षका लागि पर्याप्त हुन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • घुस लिदै गर्दा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ
  • स्वास्थ्यमन्त्री अमेरिका जाँदै
  • १२ औै वाषिैकत्सवको अवसरमा सनराइज बैंकको रक्तदान कार्यक्रम
  • दुई विधेयक स्वीकृत, एक समितिमा
  • झापामा तालु नभएको बालिकाको जन्म
  • नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय
  • नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाकाे निर्देशन
  • सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
  • विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि जनसम्पर्क अमेरिकाले नेपाली राजदूतावासमा ज्ञापन…
  • सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस