स्युचाटारमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

प्रकाशित मिति:

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका १०, कमलपोखरीस्थित स्युचाटारमा शंकास्पद वस्तु भेटिएको छ । प्रहरीले शंकास्पद वस्तु प्रेसर कुकुर बम भएको हुनसक्ने आशंका गरेको छ ।काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले दिएको जानकारी अनुसार खुला स्थानमा गाडेको अवस्थामा प्रेसर कुकुर जस्तो देखिने वस्तु भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । लगत्तै, प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।

अहिले सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गरिसकेको छ