जनताको बैज्ञानिक चेतनाको कारण परिवर्तन संभव भएको प्रचण्डको धारणा, काँग्रेस अलोकतान्त्रिक र अनैतिक चरित्रको पार्टी भएको आरोप

प्रकाशित मिति:

सबल डेस्क
काठमाण्डौ साउन १२ /नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताले ठुलो त्याग र बलिदानले २१ बर्ष लामो इतिहास बोकेको राजतन्त्रलाई फालेर ऐतिहासिक उपलब्धीका साथ गणतन्त्रको स्थापना गरेको भन्दै यो बिचारको बैज्ञानिकताले संभव भएको बताकाछन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकिकरण पश्चात पहिलो पटक भएको जन संगठनहरुको एकता स्वरुप प्रोगेसिभ ईन्जिनियरिङ्ग प्रोफेसनल्स् एशोसिएसन नेपाल र नेपाल राष्ट्रिय ईन्जिनियर संगठनको एकता घोषणा कार्यक्रममा उक्त धारणा राखेका हुन् । घोषणा कार्यक्रममा बोल्दै उनले सौहार्द बातावरणमा सम्पन्न घोषित एकताले परिवर्तन र सामाजिक न्यायका निम्ती इन्जिनियरहरुको यो एकताले मुलुकलाई नयाँ युग तिर लैजानको लागि कम्युनिष्टहरुको एकता प्रकृया बैज्ञानिक भएको प्रष्ट पारेका छन् । उनले पार्टी निर्वाचनमा जाँदा शिक्षा निती तथा बिज्ञान प्रबिधिलाई प्राथमिकिकरण गर्ने संकल्प जनता सामु लगेको र त्यो संकल्पलाई नेपाली जनताले अनुमोदन गरेको भन्दै यस हिसाबले नेपाली जनताको चेतनाको स्तर पनि सामाजिक र बैज्ञानिक हिसाबले धेरै माथि पुगेको प्रष्ट पारे । । प्रचण्डले काँग्रेस तर्फ लक्षित गर्दै सत्ता संचालनलाई आफ्नो जन्म सिद्ध अधिकार संझने केही पार्टीहरुलाई कम्युनिष्टको एकता सही नसक्नु भएको टिप्पणी गरे । अहिलेको दुई तिहाईको सरकारले शासकको मानसिकता भएका हिजोका प्रतिकृयावादीहरु रातदिन छट्पटीमा पारेको बताए । काँग्रेस नेतृत्वको अघिल्लो सरकारलाई इंगित गर्दै प्रचण्डले यो सरकारलाई फेल गराउन देउवा सरकारले आचारसंहिता बाहिर गएर धेरै निर्णय गरेको फलत अहिले बिभिन्न गंभिर खालको रोगको उपचारका नाममा निशुल्क भनिदिएकै कारण प्रत्येक अस्पतालबाट अहिले अर्बौ अरबको बिल थुप्रिएर बसेको आरोप लगाए । उनले आफ्नो अलोकतान्त्रिक र अनैतिक चरित्रको पार्टीले आफुहरुलाई अधिनायकवादी भएको आरोप लगाएको बताए । उनले इन्जिनियरहरुलाई नयाँ मोडल सहितको नेपाल निर्माणको लागि असाधारण जिम्मेवारीलाई बुझेर समृद्द देशको निर्माणको लागि संकल्प गर्न आग्रह गरे ।