शेयर सदस्यहरुलाई शिप सिकाउन सके सहरकारी सफल हुने

प्रकाशित मिति:

बुटवल /सहकारी संस्थाहरुले आफना शेयर सदस्यहरुलाई शिप सिकाउने कुरालाई पहिलो प्राथमिकतामा राख्न सके भने त्यो सहरकारी सफल हुने एक कार्यक्रममा वोल्ने वक्ताहरुले औल्याएका छन ।शिप विनाको लगानीको औचित्य नहुने र शिप विनाका शेयर सदस्यलाई लगानी गरियो भने त्यसको प्रतिफल कमजोर हुने पनि उनिहरुले बताएका छन ।कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल –८ रुपन्देहीद्धारा आईतवार आयोजित शेयर सदस्यहरुलाई आधारभुत सहकारी शिक्षा तालिमको उदघाटन समारोहमा वोल्ने वक्ताहरुले शेयर सदस्यको आर्थिक जिवन स्तर माथि उठाउने कुरालाई सहकारीले मुल मन्त्ररका रुपमा लिनु पर्नेमा जोड दिएका थिए ।

कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लक्ष्मण आर्चाय क्षेत्रीले सहकारीले शेयर सदस्यको आम्दानी बढाउने ,बचत गर्ने बानी लगाउने, ऋण लगानीका लागि सहज वातावरण मिलाउने र व्यवसाय प्रवद्र्धनका लागि टेवा पुराउने लक्ष्य अगाडी सारेको बताउनु भयो । शिक्षा समितिका संयोजक यज्ञ प्रसाद पंगेनीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार निर्वतमान अध्यक्ष डोल प्रसाद अर्याल, सल्लाहकार युवराज गिरी सचिव कृष्ण प्रसाद ज्ञवाली, शिक्षा समिति सदस्य हुम बहादुर जिसी प्रशिक्षक प्रदेश पाँचका आन्तरिक मार्मिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत वुद्ध प्रकाश पौडेल लगाएतले सहकारीका सिद्धान्तलाई आत्म साथ नर्गने सहकारीको भविस्य अन्यौल रहेको धारणा राख्नु भएको थियो ।तालिममा १ सय जना शेयर सदस्यको सहभागिता रहेको थियो ।