पत्रकार महासङ्गको भवन कावसोतिमा बन्ने

प्रकाशित मिति:

शान्ती तिवारी ,नवलपरासी /नेपाल पत्रकार महासंघ नवलपरासी बर्दघाट सुस्ता पुर्बको शाखा भवन कावासोतीमा बन्ने भएको छ ।महासंघको शाखा भवनका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला जग्गा ब्यबस्थापन समितिले आवश्यक प्रकृया थालेको र पत्रकार महासंघलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित नेकपा पार्टी, नेपाली कांग्रेस पार्टी पूर्ण प्रतिबद्ध रहेको नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद बिण्णु लामिछानेले बताउनुभयो ।पत्रकार महासंघ सबै पत्रकारहरको साझा संगठनका रुपमा स्थापित छाता संगठनका रुपमा रहेको छ । जिल्ला टुक्रिए पछि महासंघ समेत बिभाजित भएको छ । शाखा भवनका लागि जग्गा उपलब्ध गराईदिन पत्रकार महासंघ शाखाले बिधिबत निर्णय गरि आजै सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई महासंघको निर्णय सहितको पत्र महासंघका अध्यक्ष होमराज रानाभाटले हस्तान्तरण गर्नुभयो|

महासंघको भवन निर्माणका लागि जिल्ला जग्गा ब्यबस्थापन समितिले जग्गा दिने कुरामा सकारात्मक रहेको र महासंघलाई कुनै पनि हालतमा जग्गा दिईने सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो ।महासंघको पत्र हस्तानतरण पश्चात सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले प्रमुख जिल्ला अधिकारी, जिल्ला का सम्पूर्ण राजनीतिक दल सबै पत्रकार महासंघलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन अत्यन्तै सकरात्मक रहेको स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्बी नवलपरासी १ का सांसद डा। शसांक कोइरालाले पत्रकार महासंघ सबै पत्रकारको छाता संगठनका रुपमा रहेकाले महासंघको भवन निर्माणमा आफनो जुनसुकै सहयोग पनि रहने र जग्गा उपलब्ध गराउन आफनो तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । नेकपाका पूर्बी नवलपरासी २ का सांसद तथा सो पार्टीका केन्द्रीय सदस्य तिलक महतले पत्रकार महासंघलाई भवन निर्माणका लागि आबश्यक जग्गा उपलब्ध गराउन आफनो तर्फबाट पुरै सहयोग हुने बचनबद्धता ब्यक्त गर्नुभयो । पत्रकार महासंघलाई जग्गा उपलब्ध गराउन यस अघि नवलपरासी पूर्बमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी र महेश अर्यालले पूर्ण प्रतिबद्धपूर्ण प्रतिबद्धता जनाउनुभएको थियो ।हाल का प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले पत्रकार महासंघलाई आधुनिक भवन निर्माण गर्न आबश्यक जग्गा उपलब्ध गराउन आफुले सकेको सबै सहयोग गर्न पटक पटक बचनबद्धता ब्यक्त गरिरहनुभएको छ ।पत्रकार महासंघको भवन निर्माण आधुनिक र सुबिधा सम्पन्न बनाईने लक्ष्यका साथ अघि बढिएको महासंघका जिल्ला अध्यक्ष होमराज रानाभाटले बताउनुभयो । महासंघको भवन निर्माणका लागि सूचना तथा संचार प्रबिधि मन्त्रालयले रु १० लाख दिनेछ भने अन्य बाट सहयोग जम्मा गरेर एक करोड ५० लाखको लागतमा महासंघको भवन निर्माण गरिने लक्ष्यका साथ अघि बढिएको अध्यक्ष रानाभाटले बताउनुभयो ।