मन्दिर छिर्दा पवित्र मनले छिर्नुहोस,यस्ता कुराहरु मनमा खेलाएर पुजा आजा गरेमा पुण्य कमाउनुको सट्टा पाप बृद्धी हुने

प्रकाशित मिति:

यदि तपाई प्रत्येक दिन पुजा गर्नुहुन्छ अनी तपाईको मन असान्त रहेको हुन्छ भने यसको मतलब यो हो की तपाईको पुजापाठमा कहिँ केही गलत नहोस् । मनको शान्ति अनी जुन मनोकामनाले पुजा गरीएको छ, उसको प्राप्तिको लागी विधानपुर्वक पुजा गर्नु जरुरी हुन्छ । जान्नुहोस् पुजा गर्ने समयमा कुन कुराको ख्याल गर्ने अनी कुन नियमको कसरी पालना गर्ने ।

१. शिव, गणेश अनी भैरवलाई तुलसी चढाउनु हुँदैन ।

२. स्नान नगरी तुलसीको पातलाई टिप्नु हुँदैन । शास्त्र अनुसार यदि कुनै व्यक्ति ननुहाइ तुलसीको पात टिप्छ भने पुजा गर्दा यस्तो पात भगवानद्धारा स्वीकार हुँदैन ।

३. तुलसीको पातहरुलाई ११ दिनसम्म बासी मानिँदैन । यसको पातहरुमा जल चढाएर पुन भगवानलाई अर्पित गर्न सकिन्छ ।

४. बिहिवार, एकादशी द्धादशी, संक्रान्ति तथा साँझमा तुलसीको पात टिप्नु हुँदैन ।

५. सुर्यदेवलाई शंखको जलबाट अघ्र्य दिनु हुँदैन ।

६. दुवो (एक प्रकारको घाँस)लाई बिहिवार टिप्नु हुँदैन ।

७. बुधवार अनि बिहिवार पिपलको रुखमा जल चढाउनु हुँदैन ।

८. प्लास्टिकको बोत्तल वा कुनै अपवित्र धातुको भाँडामा गंगाजल राख्नु हुँदैन । अपवित्र धातु जस्तै एल्मुनियम तथा फलामबाट बनेको भाँडाहरु । गंगाजल तामाको भाँडामा राख्नु सुभ मानिन्छ ।

९. केतुकीको फुल शिवलिंगमा चढाउनु हुँदैन ।

१०. कुनैपनि पुजामा मनोकामनाको सफलताको लागी दक्षिणा अवश्य चढाउनु पर्छ ।

११. माता लक्ष्मीको विशेष रुपले कमलको फुल अर्पित गरीन्छ । यस फुललाई पाँच दिनसम्म जल चढाएर पुन प्रयोग गर्न सकिन्छ ।

१२. घरको मन्दिरमा विहान अनी साँझ दिप अवश्य बाल्नुहोस् । एउटा दिप घिउको अनी एउटा तेलको बाल्नुपर्छ ।

१३. सुर्य, गणेश, दुर्गा, शिव तथा विष्णु यि पञ्चदेवता मानिन्छन् । यिनको पुजा सबै कार्यमा अनिवार्य रुपमा हुनुपर्छ । प्रत्येक दिन पुजा गर्ने समयमा यि पञ्चदेवको ख्याल गर्नुपर्छ । यसले लक्ष्मी कृपा अनी समृद्धि प्राप्त हुन्छ । यो तस्बिर हामीले गुगलबाट लिएका हौं ।