नगरपालिकालाई पारदर्शिता जवाफदेहिता बनाउनमा जोड

प्रकाशित मिति:

रुपन्देही /लुम्बिनी साँस्कृतिक नगरपालिकालाई थप पारदर्शि तथा जावफदेहिता बनाउनका लागि सरोकारवालाहरुले जोड दिएका छन् ।आइतवार लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजना सामुदायिक बहुसंचार लुम्बिनीको सहयोगमा वडा नं. ९ वडा कार्यालय प्रंगणमा सम्पन्न सार्वजनिक सुनवाईमा सरोकारवालहरुले उक्त कुरामा जोड दिएका हुन नगरपालिकामा कृषि शिक्षा स्वास्थ्यमा गुणस्तर ल्याउन तथा विकास निर्माणको योजनामा अझै प्रभावकारी अनुगमन थाल्न सम्बन्धीत निकायलाई वक्त हरुले खबरदारी समेत गरेका छन् । कार्यक्रममा फोहर व्यवस्थापनका लागि नगरपालिकाले ध्यान नदिएको तथा लुम्बिनी विकाष कोष क्षेत्र भित्र रहेको बौद्ध विहार एवं होटर व्यवसायीहरुले गरेको फोहरको व्यवस्थापन अबिलम्ब गर्नु पर्ने समाजसेवी अकरामुद्दीन मुसलमान जोड दार माग गरेका थिए ।

त्यस्तै शिक्षा कृषि, स्वास्थ्य, मल, बिउबिजन, विद्युतको समस्या र शान्ति सुरक्षमा प्रहरीको दायित्वबारे सरोकारवालाहरुले चासो समेत राखेका थिए ।सो अवसरमा नगरपालिका नगर प्रमुख मनमोहन चौधरीले नगरपालिकाका आम जनसमुदायलाई हरेक क्षेत्रमा भईरहेको गतिविधिमा खबरदारी गर्नु पर्ने अवश्यकता रहेको प्रस्ट पारेका थिए कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेल, स्वास्थ्य संयोजक बुद्धनाथ बरई, इ.प्र.का. लुम्बिनीका प्रहरी निरिक्षक शंकर पोख्रेल, सम्बन्धीत वडा अध्यक्षहरु, मोहम्मद सयफ, रमेश मल्लाह, विनोद श्रीवास्तव, लुम्बिनी बौद्ध विश्वविद्यालयको सहायक क्याम्पस प्रमुख नीर बहादुर गुरुङ्ग, सामुदायिक बहुसंचार केन्द्रका अध्यक्ष अब्दुल मोबिन खाँ, सल्लाहकार एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका समान्य प्रशासन शाखा प्रमुख गजेन्द्र गुप्ता, नेपाल पत्रकार महासंघ रुपन्देही कार्यसमिति सदस्य बिरेन्द्र मिश्रा लगायतले आ आफ्नो सुझाव राखेका थिए ।

उक्त कार्यक्रमको रेडियो लुम्बिनी, तथा लुम्बिनी सामुदायिक टेलीभिजनले प्रत्यक्ष प्रसारण समेत गरेको आयोजकले जनाएको छ । कार्यक्रममा १५० भन्दा बढी सरोकारवालहरुको सहभागिता रहेको थियो ।