स्कूटर दुर्घटनामा एकको मृत्यु

२६ फाल्गुन २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
3 Shares


सूर्यविनायक नगरपालिका६, घलाते चोकमा शनिबार भएको स्कूटर दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।कोटेश्वरबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा। ९५ प। ३३१८ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा स्कुटर चालक सिन्धुपाल्चोक लिसंखुपाखा २ घर भइ हाल सूर्यविनायक बस्ने २६ वर्षीय रन्जीब लामाको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत शुसिलकुमार पाण्डेले जानकारी दिनुभयो ।

स्कुटरको पछाडि बसेका रामेछाप सुनपती–४, घर भइ हाल पाण्डुबजार बस्ने २३ वर्षीय पासाङ तामाङको मध्यपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो

फेसबुकबाट तपाईको प्रतिक्रिया