रुपन्देहीको देवदहमा आज्ञात समुहको आक्रमणबाट एक जनाको मृत्यु

प्रकाशित मिति:

टंक सुनार । रुपन्देहीको देवदहमा आज्ञात समुहको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार मोटरसाइकलमा सवार ब्यक्तिलाई देवदह भलुहीमा अज्ञात समुहले आक्रमण गरेको हो । आक्रमणमा परी मृत्यु हुनेमा देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २० बर्षिय अनिस पुरी रहेको प्रहरीले जानकारी दिएको छ ।

देवदह प्रहरी चौकी खैरनीका प्रहरी नायब निरीक्षक भरत थापाका अनुसार मोटरसाइकलमा खैरेनीबाट भलुही तर्फ जाँदै गर्दा उनलाई अज्ञात समुहले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका पुरीको उपचारका लागि देवदह मेडिकल कलेज भलुही लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन । आक्रमण गर्ने समुह फरार रहेको र उनिहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

साभार/ न्युज रुम फेसबुक पेज