इथियोपियन एअरलाइन्समा रहेकामध्ये कोही पनि जीवित नरहेको पुष्टि

प्रकाशित मिति:

एजेन्सी/  इथियोपियामा भएको १४९ जना यात्रु बोकेको विमान दुर्घटनामा विमानमा रहेका कोही पनि जीवित नरहेको इथियोपियन एअरलाइन्सले पुष्टि गरेको छ ।विमानमा विभिन्न ३३ देशका नागरिक रहेको पनि एअरलाइन्सले खुलाएको छ । दुर्घटना के कति कारणले भएको हो भन्ने खुलेको छैन ।बीबीसीले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विमान जमीनमा बजारिएपछि एक्कासी भयानक आगलागी भएको जनाएको छ ।

‘त्यो विष्फोट र आगलागी यति भयानक थियो कि हामी नजिक जान सकेनौं, उनले भने, सबै कुरा जलेर खरानी भयो । अहिले त्यहाँ ४ ओटा हेलिकप्टर मात्र देखिएका छन् ।’राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि छुटेको बोइङ ७३७ दुर्घटनामा परेको थियो जसमा १४९ यात्रुसहित ८ जना चालक दलका सदस्य रहेका बताइएको थियो ।ईटी३०२ नामको विमान राजधानी आदिस अबाबाबाट ६२ किलोमिटर दक्षिण पूर्वमा रहेको बिस्फोटु भन्ने ठाउँमा विष्फोट भएको एअरलाइन्सले बताएको छ । आदिस अबाबाको बोले एअरपोर्टबाट बिहान ८ बजेर ३८ मिनेटमा उडेको विमानको ८ बजेर ४४ मिनेट जाँदा टावरसँग सम्पर्क विच्छेद भएको थियो