गजल सागर नेपालको रचना वाचन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल साउन १२/ गजल सागर नेपालको नियमित रचनावाचन कार्यक्रम आज (शनिबार) बुटवलमा सम्पन्न भएको छ । हरेक महिनाको दोस्रो शनिबार गरिने नियमित रचनाबाचन कार्यक्रम अन्तरग बुटवलको न्यु होराइजन आवासीय उच्च मा.बि मा सम्पन्न कार्यक्रममा डेढ दर्जन बढी श्रष्टाले रचना बाचन गरेका थिए । गजल सागर नेपालका अध्यक्ष मीन बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा असिम सागर प्रमुख अतिथि, राजेन्द्र कुमार आचार्य र रमेश समर्थन बिशिष्ट अतिथिको रुपमा उपस्थित थिए । न्यू होराइज साहित्य परिषदका अध्यक्ष हरि प्रसाद पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा बिष्णु बिवस पोख्रेल, गणेश खनाल, ध्रुवराज मिराज, रमा पाण्डे, पारस राहादी, पुरुषोत्तम पाण्डेय, पुनाराम गिरी, प्रजिना भण्डारी,बासुदेव पोख्रेल, गुरु प्रसाद कुमाल बुलबुल , आकाश थापा , राजेन्द्र कुमार आचार्य, असीम सागर, रमेश समर्थन र हरि प्रसाद पौडेलले गजल बाचन गरेका थिए । कार्यक्रममा श्रष्टा दल बहादुर गुरुङ्गले बुटवल साहित्य कला प्रतिष्ठान नविकरण नभएकोले नगरस्तरीय प्रज्ञा प्रतिष्ठान बन्नु पर्ने धारणा राखेका थिए । साथै हरि प्रसाद पौडेलले होराइजन साहित्य परिषदले बिद्यालय बाहिरका श्रष्टाहरुलाई समेत समेटेर अर्ध बार्षिक साहित्यिक पत्रिकाको प्रकाशन हुन लागेको जानकारी दिएका थिए ।