लगनगाँठो कस्दै दीपिका र दीवाकर

प्रकाशित मिति:

युवा निर्देशक दीवाकर भट्टराई र अभिनेत्रीमा अहिलेकी ुहटकेकु दीपिका प्रसाइँले आउँदो बैशाखमा लगनगाँठो कस्ने भएका छन् । इन्गेजमेन्ट र कागजी विवाह गरिसकेका उनीहरु अब हिन्दू परम्परा अनुसार अग्नीलाई साक्षी राखेर सात जन्मसम्म सँगै जीवन विताउने कसम खाँदैछन् । बैशाखमा उनीहरु औपचारिक रुपमा श्रीमान्श्रीमती बन्ने लागेको खबर बाहिरिएको छ । प्राप्त जानकारी अनुसार, आउँदो बैशाख २४ गते दीवाकरले दीपिकाको सिउँदो आफ्नो नामको सिन्दुरले भर्दैछन् । तर, विवाहको मिति पक्का भने नभइसकेको दीवाकरले बताए । भोली बुबा आउँदै हुनुहुन्छ । भोली वा पर्सीसम्ममा डेट फिक्स हुन्छ उनले अगाडि भने तयारी चाहिँ बैशाख दोस्रो साताकै भइरहेको छ । पर्सीसम्ममा विवाहको मिति तय हुन्छ ।

दीपिकाले दीवाकर निर्देशित फिल्म ऐश्वर्यु बाट डेब्यू गरेकी थिइन् । यही फिल्मको सेटबाट उनीहरुको प्रेम अंकुराएकोे थियो । फिल्मको छायांकन सकिए लगत्तै उनीहरुले गोप्य रुपमा इन्गेजमेन्ट र कानुनी विवाह गरेका थिए । ऐश्वर्यु रिलिजपछि यी दुईको सम्बन्धलाई लिएर सिनेवृतमा चर्चा सुरु हुन थालिसकेको थियो । तर, दुबैले यो कुरा लामो समयसम्म लुकाएरै राखे । ऐश्वर्यु बाट सुखद डेब्यू गरेकी दीपिकाले दोस्रो फिल्म ुछक्का पञ्जा ३ु गरिन् । ुब्याक टु ब्याकु दुई हिट फिल्म दिएको खुसीमा उनले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी थिइन् । दीवाकर र दीपिकाले एकै दिन एकै पटक आ(आफ्नो फेसबुकमार्फत् एकअर्कासँगको प्रेमिल तश्बिर राख्दै प्रेम सम्बन्धको घोषणा गरेका थिए । लगत्तै उनीहरु हनिमुन मनाउन थाइल्याण्ड पनि उडेका थिए ।

निर्देशक दीवाकर निर्देशित फिल्म क्याप्टेन अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ । भने, दीपिकाले अहिले कुनै फिल्म साइन गरेको खबर प्राप्त छैन । भैरे निर्देशक एभरेष्ट सूर्य बोहोराको हेल्लो जिन्दगीु गर्ने फाइनल भएता पनि बैशाखमा विवाह हुने भएपछि उनले यो फिल्म नगर्ने सम्भावना प्रवल रहेको स्रोत बताउँछ । चाँडै उनी श्रीमान् दीवाकरकै नयाँ फिल्ममा काम गर्दैछिन् ।