इदमा फिल्म रिलिज गर्न सलमानसँग अक्षयले लिए अनुमती

२६ फाल्गुन २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
5 Shares


बलिउडका सुल्तान हरेक वर्षको इदमा आफ्ना फ्यानलाई उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्ने गर्दछन् । हरेक इद सलमानको फिल्मका लागि ुलकु गर्ने गरिन्छ । सन् २००९ मा वान्टेडु देखि २०१९ मा भारत सम्म इदमा रिलिज हुँदैछ । यो बीचमा सन् २०१३ मा भने उनका साथी शाहरुख खानको फिल्म चेन्नई एक्सप्रेसु इदमा रिलिज भएको थियो । नभए २००९ देखि हरेक वर्षको इद सलमानको कब्जा छ । इदको मौकामा सलमानसँग बक्सअफिसमा भिडन्त गर्न कोही तयार हुँदैनन् । अर्थात् इद रिलिजमा सलमानको एकछत्र राज हने गर्दछ । तर, अर्को वर्ष अर्थात् २०२० मा भने अभिनेता अक्षय कुमारको फिल्म सूर्यवंशीु रिलिज हुँदैछ । अर्को वर्षको इदमा सलमानको दबंग ३ु नभए सञ्जय लीला भन्सालीको फिल्म रिलिज हुँदैछ । यद्यपि, यसको औपचारिक घोषणा भने भएको छैन ।

अक्षयको इदमा फिल्म रिलिज गर्ने निर्णयलाई लिएर प्रशंसकहरुले सलमानसँग जानी(जानी किन दुश्मनी लिन लागेको रु भन्दै प्रश्न उठाइरहेका छन् । खबरअनुसार, अक्षयले २०२० को इदमा आफ्नो फिल्म रिलिज गर्नका लागि सलमानसँग सोधेका थिए । उनले सूर्यवंशीु को रिलिज डेट एनाउन्स गर्नुभन्दा पहिला सलमानलाई फोन गरेका थिए र उनले अक्षयलाई फिल्म रिलिज गर्न अनुमती दिएका छन् । अक्षयले अर्को वर्षको इदमा कुनै फिल्म आउँदैछ रु भनेर सलमानसँग सोधेका थिए । सलमानले अहिले आफ्नो सम्पूर्ण ध्यान यस वर्षको इदमा रिलिज हुन लागेको फिल्म ुभारतु मा रहेको बताएका थिए । यसपछि अक्षयले सलमानलाई आफ्नो नयाँ फिल्म ुसूर्यवंशीु नेक्स्ट ईयर इदमा ल्याउन चाहने बताए । सलमानले केही बेर सोचेपछि ुसूर्यवंशीु लाई ग्रीन सिग्नल दिएका थिए । यो फिल्म ुसिम्बाु निर्देशक रोहित शेट्टीले निर्देशन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया