भारतीय लोकसभाको निर्वाचनः ११ अप्रिलमा

प्रकाशित मिति:

सन् २०१९ मा हुने भारतीय लोकसभाको निर्वाचन सात चरणमा हुने भएको छ । भारतका मुख्य निर्वाचन आयुक्त सुनील आरोडाले आइतबार भारतीय लोकसभाको निर्वाचनको मिति सार्वजनिक गरेका हुन् ।११ अप्रिलबाट सुरु हुने पहिलो चरणको र १९ मे मा सातौं चरणको निर्वाचन सम्पन्न हुने छ भने मतगणना २३ मेदेखि सुरु हुने छ । १७ औं लोकसभा गठनका लागि करिब १९ करोड भारतीयले मतदान गर्नेछन् ।

१८ देखि १९ वर्षका करिब डेढ करोड मतदाताले पहिलो पटक मतदान गर्ने समेत मुख्य निर्वाचन आयुक्तले जानकारी दिएका छन् । दश लाख मतदान केन्द्रमार्फत मतदान गराइने भएको छ ।भारतको संविधान अनुसार तल्लो सदनमा ५४३ जना सांसद निर्वाचित हुने छन् । यो निर्वाचनपछि भारतमा फेरी पाँच बर्षका लागि नयाँ संसद र सरकार गठन हुनेछ ।नयाँ सरकारका लागि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेस अध्यक्ष राहुल गान्धीबीच प्रतिश्पर्धा हुने देखिएको छ । उनीहरुको बाहेक देशभरी सय भन्दा बढी पार्टीहरु पनि प्रतिश्पर्धामा रहने अधिकारीहरुले बताएका छन् ।यसअघि सन् २०१४ मा भएको निर्वाचनमा बहुमत प्राप्त गरी भारतीय जनता पार्टी ९भाजपा० का नेता मोदी प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।