तपाई मासु खानुहुन्छ भने यी कुरा मा ध्यान दिनु होस

प्रकाशित मिति:

प्रा ,डा उमा कोइराला, पोषणविद् .; एउटा जवान मान्छेले एक दिनमा २५० ग्राम सम्म मासु खान राम्रो हुन्छ । मान्छेको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ । दुई सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखी ५५ ग्राम प्रोटिन हुन्छ । थप प्रोटिन अन्य खानाबाट पाइन्छ ।

– मधुमेह, उच्चरक्तचाप, मृगौलामा समस्या, कोलेस्ट्रेरोल बढी भएका व्यक्तिले बोसो नभएका मासु सकभर उसिनेर खानु राम्रो हुन्छ । अझ उसिनेको मासुमा हल्का जिराको धुलो र कागती राखेर खानु उत्तम मानिन्छ ।९मासु खाएपछि शरीरलाई हलचल वा व्यायम गर्नु राम्रो हुन्छ । त्यसो त शरीरका लागि नियमित रुपमा ४५ मिनेट जति हिडनु राम्रो हुन्छ । मासु खाएका बेला पनि सो प्रक्रियालाई थप्न सकिन्छ ।