सरकारले सामुहिक खेती उत्पादनलाई जोड दिने

प्रकाशित मिति:

काठमाडौं– राजधानीमा आज देखि सुरु भएको किसान सम्मेलनमा कृषि मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रको विकासका लागि सामुहिक खेती उत्पादनमा जोड दिएको वताउनुभएको हो । किसानहरुको हक अधिकारलाई सरकारले महत्व दिएको उल्लेख गर्दै मन्त्री खनालले सामुहिक खेती उत्पादनले मात्र कृषि क्षेत्रको रुपान्तरण गर्न सकिने उल्लेख गर्नुभयो ।

किसानमा समृद्धि ल्याउने गरी आवश्यक योजना बनाउन सम्मेलन आयोजना गरिएको हो । किसानको समृद्धि, कृषि रुपान्तरण, उद्यमशीलता विकासका लागि आवश्यक योजना तय गर्न र कृषिमा प्रविधिको प्रयोगलाई सम्मेलनले जोड दिएको छ । गरीब निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षणजस्ता दीगो विकास लक्ष्यले निर्दिष्ट गरेका लक्ष्यहरु हासिल गुर्न पर्नेमा समेत सम्मेलनले जोड दिएको छ । तर किसानका लागि सरकारले अनुदान, बिमा, सामाजिक सुरक्षाको ब्यवस्था गरेपनि कृषिकले पाउन नसकेको भन्दै सम्मेलनका सहभागीहरुले जमिन सरकार मातहात राख्न सुझाब दिए ।

कृषि क्षेत्रलाई आत्मनिर्भरका साथै आधुनिकिरण गर्ने बहस भएपनि कृषकहरुको समस्या भने ज्यूका त्यू छ । कृषि सामाग्रीहरुले उचित वजार मुल्य नपाउने समस्या कृषकहरुले ब्यहोदै आएका छन् ।कृषिको सशक्तीकरण र किसानको नेतृत्वदायी भूमिका हुनुपर्ने आवश्यकताबारे पटक पटक सम्मेलन र गोष्टी हुने गरेका भएपनि ब्यहारमा कृषक समक्ष भने पुग्न सकेको छैन ।