दान दिने व्यत्तिले कस्ता कुरा ख्याल राख्नु पर्दछ ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

अनादरो विलम्बश्च वै मुख्यम निष्ठुर वचनम् ।
पश्चतपश्च पञ्चापि दानस्य दूषणानि च ।। –नीति सूक्त

अपमान गरेर दान दिनु, ढिलो गरेर दिनु, अर्कै तिर फर्केर दिनु, कठोर बोली बोलेर दान दिनु, अनि दिए पछि पश्चाताप गर्नु, यी पाँच कार्यले दानलाई दूषित पार्दछ ।

दान श्रद्धा, भक्ति र आदरका साथ दिनुपर्दछ । अहंको अग्निमा जलेर दिएको दानले स्वयंलाई नै नष्ट गर्दछ । त्यसैले दिएका वस्तुको सम्मान गर्न सकिएन भने त्यो दानको कुनै मूल्य रहँदैन । विशेषतः अनादरपूर्वक दान गर्नु हुँदैन । दानका निम्ति श्रद्धाभाव अनिवार्य चाहिन्छ । यसैगरी दान दिने कुराको उद्घोष गरेपछि त्यसलाई शीघ्रातिशीघ्र सम्मपन गर्नुपर्दछ । ढिलो गरी दिएएको दान पनि फलभोगका निम्ति योग्य हुँदैन । यसैगरी दान दिँदा वोलीमा पनि विनयी भाव रहुपर्दछ । रुखो बोलेर दिइएको दान पनि फलिभूत हुँदैन । यसैगरी दान दिएर पश्चाताप कहिल्यै पनि गर्नुहुँदैन । यस्ता कार्यले दानलानई दूषित बनाउछ भन्ने नीति वचन मननीय छ । – नाणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –