तीनवटै सुरक्षा निकायका प्रमुख रुपन्देहीमा रहेकै दिन देवदहमा तरुणदलका कार्यकर्ताको हत्या

प्रकाशित मिति:

 बुटवल –  कुख्यात अपराधी मनोज पुनको प्रहरी ईन्काउन्टरमा मारिए पछि शान्त बनेको रुपन्देहीको देवदह क्षेत्र पुन अशान्त बनेको छ । रुपन्देहीको देवदहमा अज्ञात समुहको आक्रमणबाट नेपाल तरुण दलका सक्रिय कार्यकर्ताको हत्या भएको छ । सोमवार देखि जिल्लाको भैरहवामा राष्ट्रिय सुरक्षा गोष्ठीको लागि गृहमन्त्री र प्रहरीका प्रमुखहरु जम्मा भएकै दिन देवदहमा तरुण दलका कार्यकर्ताको हत्या हुनुले शान्ति सुरक्षाको अवस्था कस्तो रहेको छ भन्ने वारे आफै आकलन गर्न सकिन्छ ।

तिनवटै सुरक्षा निकायका प्रमुख रुपन्देहीमै रहेकै दिन हत्या हुनुले समग्र सुरक्षा निकायको अवस्था कस्तो छ भन्ने कुराको पुष्टि भएको छ । आईतवार राति मोटरसाइकलमा सवार देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २० बर्षिय अमिस पुरीलाई देवदह भलुहीमा अज्ञात समुहले आक्रमण गरेको हो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्लका अनुसार मोटरसाइकलमा खैरेनीबाट भलुही तर्फ जाँदै गर्दा पुरीलाई अज्ञात समुहले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका पुरीको उपचारका लागि देवदह मेडिकल कलेज भलुही लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । आक्रमण गर्ने समुह फरार रहेको र केहीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएकोे प्रहरीले बताएको छ । मृतक युवक नेपाल तरुण दलको सक्रिय कार्यकर्ता रहेको काग्रेका क्षेत्रीय सभापति तथा देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले जानकारी दिनुभयो ।