गुडिरहेको कारमा आगो लाग्यो, आमा–छोरीको जलेर मृत्यु !

प्रकाशित मिति:

बुटवल – भारतको दिल्लीस्थित अक्षरधाम फ्लाईओभरमा गुडिरहेको कारमा आगो लाग्दा आमाछोरीसहित तीन जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र उनका दुई छोरी रहेका छन् । अर्की एक छोरीलाई बचाउन बाबु सफल भएका छन् ।

प्रहरीका अनुसार गाजियाबादका उपेन्द्र आफ्नी श्रीमती र तीन छोरीसँग डट्सन कारमा दिल्लीको कालकाजी जाँदै थिए । उपेन्द्रको कार अक्षरधाम फ्लाईओभरमा आइपुग्दा अचानक आगो लागेको थियो । कारमा आगो लागेपछि उनले कारलाई रोके एक छोरीलाई बाहिर निकाले तर अन्यलाई बचाउन सकेनन् । कारको पछाडीको सिटमा बसेका छोरी र श्रीमतीलाई उनले बचाउन सकेनन् । उनका आँखा अगाडी उनीहरु जले ।  घटनाको जानकारी पाएपछि दमकलले आगो निभाएको थियो । डीएसपी जसमीत सिंहले कारमा पाँच जना सवार रहेको र तीन जनाको जलेर मृत्यु भएको पुष्टी गरेका छन् । सीएनजी लिक भएर कारमा आगो लागेको आशंका प्रहरीको छ ।