रुपन्देहीमा तरुण दलका नेताको हत्या, हत्यारालाई तत्काल कारबाही गर्न तरुणदलको माग !

प्रकाशित मिति:

बुटवल- अज्ञात समूहले रुपन्देहीमा नेपाल तरुण दलका एक सक्रिय कार्यकर्ताको हत्या गरेको छ ।देवदह नगरपालिका–५ का २० वर्षीय अनिश पुरीको आइतबार राति भुलहीमा हत्या भएको हो ।हत्याको विरोध गर्दै नेपाली काँग्रेसको भात्रृ संगठन नेपाल तरुणदलले हत्यारालाई तत्काल कारबाही गर्न सरकार संग माग गरेको छ ।नेपाल तरुण दलका महासचिव भूपेन्द्र जंग शाहीले हत्यारालाई तत्काल कारबाही नगरे तरुण युवा चुप लागेर नबस्ने समेत चेतावनी दिएका छन् ।

हिजो राति मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गरेका पुरीलाई अज्ञात समूहले आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए । आक्रमणबाट गम्भीर घाइते पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेज भलुही पुर्याइएको थियो । तर, लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक मल्लले बताए ।प्रहरीले आक्रमण गर्ने समूह फरार रहेको बताए पनि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।