ट्रम्प–किम तेस्रो शिखर वार्ताको तयारी

प्रकाशित मिति:

बुटवल –  अमेरिका र उत्तर कोरियाबीच तेस्रो शिखर वार्ताको तयारी भइरहेको एक अमेरिकी अधिकारीले बताएका छन् । ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियासँग तेस्रो पटक वार्ताको तयारीबारे बताएका हुन् । एबीसी टेलिभिजनसँग कुरा गर्दै बोल्टनले भनेका छन्, ‘उत्तर कोरियाका नेता किम जोङ्ग उनसँग तेस्रो शिखर वार्ताको लागि अमेरिका खुला छ ।’

तेस्रो वार्ताको वातावरण बनाउन अमेरिकी राष्ट्रपति ट्रम्पले धेरै समय खर्चिरहेको बोल्टनको भनाइ छ । किमसँग व्यक्तिगत सम्बन्ध विकासको प्रयास भइरहेको उनले जानकारी दिए । उत्तर कोरियासँगको पहिलो ऐतिहासिक वार्ता सिंगापुरमा र दोस्रो शिखर वार्ता भियतनाममा भएको थियो । पहिलो वार्तामा भएका सहमति कार्यान्वयनको आधार तयार पार्ने भनिए पनि भियतनामको वार्ता निष्कर्षविहीन भएको थियो ।